नगरको अभियान : एक टोल एक सार्वजनिक शौचालय
इन्द्र रिजाल
जेठ १०, २०७६ शुक्रबार १८:१८:३३
पोखरा । पोखरा महानगरपालिकाले नगरलाई सफासुग्घर राख्ने उद्देश्यले टोलटोलमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ ।
पोखरामा नागरिक चाप अत्यधिक भएको स्थलमा चालू आर्थिक वर्षमा १० सार्वजनिक शौचालय निर्माण गर्ने लक्ष्य राखिएको हो । महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शौचालय निर्माणका लागि रु एक करोड विनियोजन गरिएको र क्रमिकरूपमा नगरपालिकाको टोलटोलमा सार्वजनिक शौचालय निर्माण गरिने जानकारी गराए ।
पोखराको हल्लनचोक र डेभिजफल्समा पूर्ण अपाङ्गतामैत्रीसहितका शौचालय निर्माणकार्य अघि बढेको महानगरपालिकाको शहरी पूर्वाधार महाशाखाले जनाएको छ ।
सोअनुरुप पोखराको वडा नं ७ स्थित मालपोत, वडा नं १ स्थित हरिचोक, वडा नं २५ को मिलनचोक, वडा नं २६ को राखीडाँडा, वडा नं २८ को रत्नशोभा माविको परिसर, वडा नं १८ को भकुण्डे, वडा नं २१ को दोबिल्ला वनभोजस्थल र गौरीशङ्कर आधारभूत विद्यालयको परिसरमा आधुनिक शौचालय निर्माण गरिने सो महाशाखाले जनाएको छ ।
यसका साथै प्रदेश सरकारले पोखराको चार ठाउँमा स्मार्ट शौचालय निर्माणका लागि रु ५० लाख सहयोग गरेको छ ।हल्लनचोक, डेभिजफल्स, पोखरा–७ स्थित मालपोत र वडा नं १ स्थित हरिचोकमा स्मार्ट शौचालय निर्माण गरिने जानकारी गराइएको छ ।
यसैबीच, पोखरा–२१ मा सार्वजनिक शौचालय निर्माणको काम शुरु भइसकेको वडाध्यक्ष खगराज आचार्यले जानकारी गराए । यस वडाका ३१ वटै टोलमा एक÷एक सार्वजनिक शौचालय निर्माण गरिने लक्ष्य राखिएको उनले बताए ।
महानगरपालिकाका विभिन्न टोलका साथै व्यस्त ठाउँमा शौचालय निर्माण भएपछि सरसफाइका साथै सर्वसाधारणले राहतको अनुभूति गर्ने विश्वास लिइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपउपचारका लागि आएका पुरुषको मलद्वारमा बोतल अड्किएको देखिएपछि...
बैशाख १०, २०८१ सोमबार
आगलागीमा घर जलेपछि दुई परिवारको बिचल्ली, लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
ताप्लेजुङमा आगलागीबाट लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार