७ आश्विन २०७८, बिहीबार

वी च्याट र अली पेलेकाे नेपालमा वैधानिक रुपमा कारोबार

प्रकाशित मिति :  १० जेष्ठ २०७६, शुक्रबार १२:३७


काठमाडौं । राष्ट्र बैंकले रोक लगाएका मोबाइल एपहरुले वैधानिक कारोबार गर्ने इच्छा व्यक्त गरेका छन् । चिनियाँ मोबाइल एपहरु वी च्याट र अली पेले नेपालमा वैधानिक रुपमा कारोबार गर्न चाहेको चिनियाँ अधिकारीले बताएका हुन् ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ दूतावासका अर्थ वाणिज्य हेर्ने काउन्सुलर जाङ फाङले उनीहरू वैधानिक रुपमा नेपाल आउन इच्छुक रहेको बताए ।

राजश्वको दायराभन्दा बाहिर रहेको भन्दै हालै राष्ट्र बैंकले वी च्याट र अली पेलाई नेपालमा कारोबार गर्न प्रतिबन्ध लगाएको थियो । यसले गर्दा पर्यटकहरु प्रभावित भएकाले यी मोबाइल एपलाई बाटो खुला गरिदिनुपर्ने फाङले बताए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा