८ आश्विन २०७८, शुक्रबार

मोदीले अत्यधिक बहुमत ल्याएपछि आडवाणीको खुट्टा छोए

प्रकाशित मिति :  १० जेष्ठ २०७६, शुक्रबार १२:४४


एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्रले भारतीय जनता पार्टी ‘भाजपा’ का संस्थापक नेता लालकृष्ण आडवाणीसँग उनकै निवासमा पुगेर आशिर्वाद लिएका छन् ।

भारतीय लोक सभाको निर्वाचनको परिणाम अनुसार भाजपाले नेतृत्वको गठबन्धनलाई अत्यधिक बहुमत ल्याएसँगै आडवाणीको खुट्टा छोएर मोदीले आशिर्वाद लिएका हुन् । मोदीका साथमा भाजपा अध्यक्ष अमित शाहले पनि आडवाणीलाई निवास पुगेका छन् ।

पछिल्लो परिणाम अनुसार सत्ताधारी भाजपाले मात्रै जम्मा २९६ स्थानमा विजय हासिल गरेको छ भने प्रमुख प्रतिपक्षी दल भारतीय कङ्ग्रेसले ५२ स्थानमा बिजय हासिल गरेको छ । भाजपाले अन्य ७ स्थानमा अग्रता कायम राखेको छ भने कङ्ग्रेसको ० स्थानमा अग्रता रहेको छ ।

भारतीय जनता पार्टीको नेतृत्वमा रहेको एनडीए गठबन्धनले ३५२ सिटमा जीत हाँसिल गरिसकेको छ भने १६ सिटमा अग्रता हाँसिल गरेको छ । काँग्रेस नेतृत्वको यूपीए गठबन्धनको ९६ सिटमा जीत हाँसिल भएको छ ।

भारतीय लोकसभामा दुई तिहाई पुर्याउनको लागि ३६२ सिट आवश्यक पर्दछ । त्यसमा एनडीएको ३५२ सिट आउँदा केही स्वतन्त्र पार्टीलाई समेत समावेश गराउँदा भाजपाको नेतृत्वमा दुई तिहाई सरकार बन्ने सम्भावना समेत देखिन्छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा