३१ भाद्र २०७८, बिहीबार

देशमा कहाँ के भयो ? थाहा पाउनुस !

प्रकाशित मिति :  १० जेष्ठ २०७६, शुक्रबार १४:१८


नेपाल प्रहरीमा ५ डीएसपीको सरुवा, बौद्ध वृत्तमा कार्की

काठमाडौं । नेपाली प्रहरीले अवैध रुपमा लुकाईछिपाई लैजाने लागेको युरो सहित ५ जना पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरको उडानद्वारा साईप्रस जान लागेका ५ जनालाई अवैध रुपमा लुकाईछिपाई लैजान लागेको १२ हजार ३ सय युरो सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ललितपुर महालक्ष्मी नगरपालिका-१० बस्ने २९ वर्षीय सन्त बहादुर तामाङ, रसुवा पार्वतीकुण्ड गाँउपालिका-४ बस्ने २६ वर्षीया शोभा घले , सिन्धुली कमलामाई नगरपालिका-१० बस्ने क्रिष्टिना मगर, नवलपरासी हुप्सेकोट गाँउपालिका-३ बस्ने २६ वर्षीय रिसिप फाल र सिन्धुपाल्चोक हेलम्बु गाँउपालिका-१ बस्ने २३ वर्षीया लाक्पा डोल्मा शेर्पा रहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा सन्त बहादुर तामाङको साथबाट ३ हजार ५ सय युरो, शोभा घलेको साथबाट २ हजार २ सय युरो, क्रिष्टिना मगरको साथबाट १ हजार ५ सय युरो, रिसिप फालको साथबाट ३ हजार ६ सय युरो र लाक्पा डोल्मा शेर्पाको साथबाट १ हजार ५ सय युरो सहित फेला पारी पक्राउ गरेको हो ।

आवश्यक अनुसन्धानको लागि उनीहरुलाई उक्त रकम सहित राजश्‍व अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

उता म्याग्दीको वेनी नगरपालिका-४ डाँडाखेत बस्ने १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-५ बस्ने १९ वर्षीय प्रेम किसान, २६ वर्षीय कृष्ण बिक र २१ वर्षीय विकास किसान रहेका छन् ।

गत ७ गते राति ती बालिका शौचालय गएको अवस्थामा उनीहरुले डरत्रास देखाई बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय म्याग्दी तथा मातहतबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस्तै, काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित सडक किनाराबाट बारा कलैया उपमहानगरपालिका-५ बस्ने ३७ वर्षीय वीरबहादुर तामाङ र पर्सा जगरनाथपुर गाउँपालिका-१ बस्ने ३६ वर्षीय मनोज महत्तो नुनियालाई अवैध लागूऔषध खैरो हेरोइन ९ ग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

उता, धनुषाको जनकपुर उपमहानगरपालिका-८ स्थित बिहार कुण्ड मन्दिरमा लुटपाट गर्ने उद्धेश्यका साथ आएका भारत समस्तीपुर ग्राम पञ्चायत सतपुर बस्ने २६ वर्षीय रबि मल्लिक समेत ७ जनालाई विभिन्न हातहतियार सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा प्रहरी प्रधान कार्यालय बिशेष व्युरो, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर, संघिय प्रहरी ईकाई कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

साथै नियन्त्रणमा लिने क्रममा प्रहरीलाई लक्षित गरी गोली फायर गर्दै भाग्न खोजेपश्वात प्रहरीले जवाफी फायर गर्दा रबि मल्लिक घाइते भएका छन् । जवाफी कारवाहीमा दुवै तिघ्रा र दाँया खुट्टाको गोली गाँठोमा गोली लागेर घाइते भएका रबि मल्लिको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरुको साथबाट पेस्तोल १ थान, गोली २ राउण्ड, म्याग्जिन १ थान, कटुवा पेस्तोल १ थान, एसएलआरको गोली २ राउण्ड, खुकुरी १ थान र मोटरसाइकल २ थान समेत बरामद भएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस्तै, श्रोत नखुलेको ३१ लाख नेपाली नगद सहित काठमाडौं महानगरपालिका-३१ बाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर जगाती बस्ने ५० वर्षीय राजभाई सञ्जु र झापा चारपाने घर भई हाल काठमाडौं सिनामंगल बस्ने ३३ वर्षीय अभिषेक सादा रहेका छन् ।

महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले बा-१४ च ८९५९ नम्बरको गाडी जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा