८ आश्विन २०७८, शुक्रबार

हावाहुरीपीडितलाई चौधरी फाउण्डेशनको सहयोग

प्रकाशित मिति :  १० जेष्ठ २०७६, शुक्रबार १५:५७


काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं चौधरी फाउण्डेशनका अध्यक्ष विनोद चौधरीले नवलपरासी, नवलपुरको देवचुली नगरपालिकाका हावाहुरीपीडितलाई चौधरी फाउण्डेशनमार्फत १०० बण्डल जस्तापाता सहयोग उपलब्ध गराए ।

नवलपुरमा हावाहुरी र असिना पानीले व्यापक क्षति पु¥याएलगत्तै सांसद चौधरीले सो सहयोग उपलब्ध गराएको हो । यही जेठ ७ र ८ गतेको हुरी तथा असिना पानीले नवलपुरका २०० भन्दा धेरै घरका छानो उडाएको थियो भने धेरै घरमा समेत क्षति पु¥याएको छ ।

नवलपुरमा आएको हुरी तथा असिना पानीले आम नागरिकमा पु¥याएको असरबाट आफू मर्माहत भएको सांसद चौधरीले उल्लेख गरेका छन् ।

फाउण्डेशनले देवचुली नगरपालिकाका प्रमुख पूर्णकुमार श्रेष्ठलाई जस्तापाता हस्तान्तरण गरेको छ । यसबाहेक पीडितमध्ये पनि आर्थिकरुपमा विपन्न र सर्वाधिक प्रभावित परिवारलाई उच्च प्राथमिकतामा राखेर सहयोग वितरण गर्ने व्यवस्था मिलाइएको फाउण्डेशनले जनाएको छ । सांसद चौधरीले उपलब्ध गराएको सहयोग करीब रु १० लाख बराबर रहेको जनाइएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा






तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता