३१ भाद्र २०७८, बिहीबार

खानेकुरामा मिसाव गर्ने ७९ उद्योगमाथि मुद्दा दायर

प्रकाशित मिति :  १० जेष्ठ २०७६, शुक्रबार १८:२८


साकम्बरी प्रोडक्टको मालिकभन्दा मुन्सी

काठमाडौं । अखाद्य वस्तुको मिसावट तथा उत्पादन गर्ने ७९ उद्योगमाथि मुद्दा दायर भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले त्यस्ता उद्योगमाथि कारवाही गरेको हो ।

खाद्य स्वच्छता कायम गर्ने सिलसिलामा २०७६ साल वैशाखसम्म खाद्य ऐनअनुसार १५३ खाद्य उद्योगमा जाँच गर्दा ७९ उद्योगका उत्पादित सामानमा अखाद्य वस्तु भेटिएकाले जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएकामा खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, बिस्कुट, चाउचाउ, अचारलगायत खाद्यवस्तु उत्पादन गर्ने उद्योगहरु रहेको उक्त कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा कार्यालयप्रमुख सोमकान्त रिजालले जानकारी दिएका छन् ।

एक महीनासम्म मनाइने खाद्य सुरक्षा दिवसका अवसरमा खाद्य स्वच्छतासम्बन्धी माइकिङ, प्रचारप्रसार, उद्योगी–व्यवसायी तथा बुद्धिजीवीहरुसँग छलफल एवं होटल र पसलहरुको अनुगमन गरिने सो अबसरमा जानकारी दिएको छ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा