८ आश्विन २०७८, शुक्रबार
नेपाल प्रहरी

नक्कली भारुसहित पक्राउ परेका अन्सारीसहित ६ जना सार्वजनिक

प्रकाशित मिति :  १० जेष्ठ २०७६, शुक्रबार १९:२१


काठमाडौं । नेपाल प्रहरी र विमानस्थल भन्सारको स‌ंयुक्त टोलीले नक्कली भारु ७ करोड ६७ लाख ९४ हजार रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको छ ।

पाकिस्तानबाट कतारको दोहा हुँदै नेपाल आएका पाकिस्तानी नागरिक नासिर उद्दिनसहित अन्य ३ जनालाई दुई हजार दरको ठूलो परिमाणको भारतीय नक्कली नोटसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

यस्तै उनीहरुलाई लिन विमानस्थल पुगेका युनुस अन्सारीसहित अन्य २ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिइ शुक्रबार नै महानगरिय प्रहरी कार्यालय रानीपोखरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा ६७ वर्षीय नासिर उद्दिनसँगै नेपाल आएका ४९ वर्षीय मोहम्मद अफ्तर र ३९ वर्षीय नदिया अनवर तथा अन्सारीसंगै रहेका सुयल खान र गाडी चालक सुदन रानाभाट रहेका छन् ।

पत्रकार सम्मेलनमा महानगरिय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी शैलेश थापा क्षेत्रीले बिमानस्थलमा सुरक्षा जाच गर्नेक्रममा शंका लाग्दा नक्कली नोट बरामद भएको जानकारी दिए । उनले नक्कली भारु सहित पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको बताए ।

पक्राउ परेका मध्य अन्सारीलाई यसअघि २०७० साल माघमा ३५ लाख नक्कली भारतीय रुपैयाँसहित ललितपुरबाट पक्राउ गरेको थियो । पूर्व मन्त्री सलीममिया अन्सारीका छोरासमेत रहेका उनी नेशनल टेलिभिजनका सञ्चालक रहेका थिए ।

उनी जेल परेपश्चात टेलिभिजन बन्द भएको थियो । अन्सारीमाथि सुन्धारास्थित केन्द्रीय कारागारमा थुनामै रहेका बेला भारतीय नागरिक जसजीत सिंहले गोली प्रहार समेत गरेका थिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा