सरकार आफै भ्रष्टाचारमा लिप्त : वरिष्ठ नेता पौडेल
इन्द्र रिजाल
जेठ ११, २०७६ शनिबार ५:४९:२९
बैतडी । नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताए ।
जिल्लाको मेलौलीमा आज ‘द्वारिकादेवी ठकुरानी’ नामक पुस्तकको विमोचन तथा जागरण अभियानलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले जनताले वर्तमान सरकारको विकल्प खोज्न थालिसकेको बताए।
“दुई तिहाइको सरकारले जनताको चाहनाअनुसार काम गर्न सकेन”, उनले भने, “सरकार आफै भ्रष्टाचारमा लिप्त भएको छ ।” दुई तिहाइको सरकार हुँदासमेत जनताले सरकार भएको अनुभूति गर्न नपाएको उनको आरोप थियो ।
उनले सरकारले शान्तिसुरक्षा कायम गर्न नसकेको टिप्पणी गरे । कांग्रेसले कुनै पनि हालतमा मिडिया काउन्सिल विधेयक पास गर्न नदिने वरिष्ठ नेता पौडेलले बताए । अहिले सरकारले कार्यकर्तामुखी बजेट बनाइरहेको उनले उल्लेख गरे ।
जागरण भेलालाई केन्द्रीय सदस्य रामकृष्ण यादव, पूर्वमन्त्री तारणीदत्त चटौत, सांसद रामबहादर विष्ट, प्रदेशसभा सदस्य भरत खड्का, महासमिति सदस्यद्वय चतुरबहादुर चन्द र कमल शाह, पूर्वमन्त्री नरबहादुर चन्द, बैतडी पूर्व पार्टी सभापति नरेन्द्र थापालगायतले सम्बोधन गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार