३१ भाद्र २०७८, बिहीबार

ललिता निवास प्रकरणः दुई खर्बको सरकारी सम्पत्ति गुम्ने खतरा

प्रकाशित मिति :  ११ जेष्ठ २०७६, शनिबार ०८:०७


काठमाडौं । बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गासम्बन्धी काठमाडौं जिल्ला अदालतले गरेको विवादास्पद फैसला नसच्चिए सरकारी स्वामित्वमा भएका ६ वटा राणाकालीन दरबार व्यक्तिका नाममा जाने जोखिम बढेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश रमेशराज पोखरेलको इजलासले २०७५ वैशाख १९ गते गरेको फैसला नसच्चिए २०२१ सालमा अधिग्रहण गरिएका ललितानिवास ‘बालुवाटारं’ सहित लक्ष्मीनिवास ‘महाराजगञ्ज’ , महावीर भवन ‘नक्साल’ , सीता भवन ‘बालमन्दिर’, कुरियागाउँ ‘बबरमहल’ र हरिहरभवन ‘पुल्चोक’ को करिब १२ सय ९८ रोपनी सरकारी जग्गा गुम्न सक्ने देखिएको हो । नागरिक दैनिकबाट


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा