३१ भाद्र २०७८, बिहीबार

मेस्सीले जिते छैटौं पटक गोल्डेन बुट अवार्ड

प्रकाशित मिति :  ११ जेष्ठ २०७६, शनिबार ०८:५२


एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले लगातार तेस्रो पटक गोल्डेन बुट अवार्ड जितेका छन् ।

युरोपियन लिगमा यस सिजन सवार्धिक गोलकर्ता बन्दै मेस्सीले गोल्डेन बुट जितेका हुन् । योसंगै मेस्सीले लगातार तेस्रो सिजन गोल्डेन बुट जित्ने पहिलो खेलाडी बन्दै कीर्तिमान बनाएका छन् ।

मेस्सीको यो समग्रमा छैटौं गोल्डेन बुट हो । र, मेस्सी सर्वाधिक धेरै गोल्डेन बुट जित्ने खेलाडीको कीर्तिमान समेत बनाए । मेस्सी भन्दा पछि युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो रहेका छन् । उनले चार पटक यस अवार्ड उचालेका छन् ।

अर्जेन्टिनाका मेस्सीले यस सिजन ३६ गोल गरेर यस अवार्ड आफ्नो बनाएका हुन् । यस अवार्ड जित्न मेस्सीले पेरिस सेन्ट जर्मेनका स्ट्राइकर केलियन एमबाप्पेलाई ३ गोलले पछि बनाए । शुक्रबार भएको सिजनको अन्तिम खेलमा रिम्सविरुद्ध एक गोल गरेका एमबाप्पेले ३३ गोल गरे ।

गत सिजन मेस्सीले ३४ गोल गर्दै लगातार दोस्रो सिजन गोल्डेन शु अवार्ड जितेका थिए । त्यसअघि मेस्सीले सन् २००९–१० मा ३४ गोल, २०११–१२ मा ५०, २०१२–१३ मा ४६ र २०१६–१७ मा ३७ गोल गर्दै गोल्डेन शु जितेका थिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा