८ आश्विन २०७८, शुक्रबार

अछाममा भिषण आगलागी ७ घर जलेर नष्ट, करोडौँको क्षति

प्रकाशित मिति :  ११ जेष्ठ २०७६, शनिबार ०९:३२


खाद्य उद्योगमा आगलागी, २ करोड बराबरको क्षति

अछाम । अछाममा आगलागी हुँदा ७ घर जलेर नष्ट भएका छन् । शुक्रबार बेलुका गहुँगडामा नल पोल्नका लागी बालिएको आगो हावाले उडाएपछि जिल्लाको ढकारी गाउँपालिका– ४ बलातामा आगलागी भएको र सो क्रममा ७ घर जलेर नष्ट भएका हुन् ।

आगलागीबाट वडाध्यक्ष भक्तबहादुर बुढा, ईन्द्र बुढा, मीनबहादुर बुढा, जोगी बुढा, रूजा बुढा, न्यानु बुढा, धर्म बुढा लगायतका घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

आगलागीबाट करोडौँको क्षति भएको र गोठमा बाँधिएका बाख्रा र गाई पनि मरेको ढकारी–४ का वडाध्यक्ष भक्तबहादुर बुढाले बताए । तर क्षतिको एकिन विवरण भने आएको छैन् । स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका छन्। क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा



तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता