३१ भाद्र २०७८, बिहीबार

अमेरिकाले साउदी अरेबियालाई आठ अर्ब बराबरको हतियार बेच्ने

प्रकाशित मिति :  ११ जेष्ठ २०७६, शनिबार ०९:४८


अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बौँ मूल्य बराबरका हतियार साउदी अरेबियालाई बेच्ने निर्णय गरेका छन् । उनले अमेरिकालाई आठ अर्ब अमेरिकी डलर बराबरको हतियार बेच्ने निर्णय गरेका हुन् ।

सामान्य रुपमा हतियारको कारोबार सम्बन्धी प्रस्ताव सुरुमा कंग्रेसबाट स्वीकृत गराउनुपर्छ । तर राष्ट्रपति ट्रम्पले साउदीलाई हतियार बेच्ने प्रक्रियामा ट्रम्पले कंग्रेसलाई भने वाइपास गरेका छन् ।

इरानसँग तवनाका कारण राष्ट्रिय सुरक्षामा चुनौती थपिएकाले यस्तो गरिएको उनको भनाइ छ । साउदी अरेबिया इरानको चिरप्रतिद्वन्द्वी हो । अमेरिकाले संयुक्त अबर इमिरेट्स तथा जोर्डनलाई पनि हतियार बेच्ने तयारी गरिरहेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा