८ आश्विन २०७८, शुक्रबार

प्रेस स्वतन्त्रताको विरोध गर्नेहरुलाई महासंघको नेतृत्वमा ल्याउनुहुँदैनः आचार्य

प्रकाशित मिति :  ११ जेष्ठ २०७६, शनिबार १६:०५


काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा आन्दोलन गर्दै आएको नेपाल पत्रकार महासंघले शनिबार सम्पादकहरुसँग छलफल गरेको छ ।

शनिबार काठमाडौंमा भएको छलफलका क्रममा महासंघले सम्पादकहरुसंग सुझाव पनि मागेको थियो । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको विरोध गर्नेहरुलाई पत्रकार महासंघको आगामी नेतृत्वमा ल्याउन नहुने पनि बताए ।

प्रेस स्वतन्त्रताकै विरोध गर्नेहरु महासंघको नेतृत्वमा पुगे भने प्रेस र अभिव्यक्ति स्वतन्त्रता धरापमा पर्ने भएकाले त्यस्ता व्यक्तिहरुलाई महासंघको नेतृत्वमा ल्याउन नहुने उनले बताए । उनले सरकारले संसदमा प्रस्तुत गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा पत्रकार महासंघले थालेको आन्दोलन सफल हुने धारणा पनि राखे । पत्रकार महासंघले अहिले थालेको आन्दोलन सर्वसम्मत रुपमा अगाडि बढेको र यसमा महासंघ एक ढिक्का रहेको आचार्यले बताए ।

उनले महासंघका कुनै पनि जिल्ला समितिहरुले आन्दोलनमा जानु हुँदैन नभनेको भन्दै काठमाडौंमा भन्दा बाहिरी जिल्लाहरुमा बढी पत्रकारको सहभागितामा आन्दोलन भइरहेको जानकारी दिए । मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा महासंघ दोस्रो चरणको आन्दोलनमा छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा




तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता