७ आश्विन २०७८, बिहीबार
लेख / रचना

मोदीको रोचकता, कम्युनिस्टको बिजोग र गठबन्धनको भविष्य

पहिले १० सिट जितेका सीपीआई र सीपीएमले जम्मा ४ सिटमा चित्त बुझाउनु परेको र ‘कम्युनिस्टमुक्त भारत’ भन्न थालिएको निहितार्थ

प्रकाशित मिति :  ११ जेष्ठ २०७६, शनिबार १८:०७


विपक्षी गठबन्धन (युनाईटेड प्राग्रेसिभ एलाइन्स्, युपीए) ले प्रधानमन्त्रीका फेस भ्यालुमा चुनावी अभियान चलाएका राहुल गान्धी आफ्नो गढ अमेठीमै निर्वाचन हार्नुले विपक्षी दलहरूका आगामी दिन साह्रै कठिनाईयुक्त छन् भन्ने जनभाषा बुझिन्छ । राहुलका पिता तथा पूर्व प्रधानमन्त्री राजीव गान्धीले निर्वाचन जितेको, राहुलले पनि २००४, २००९ र २०१४ मा तीनपटक जितेको त्यो गढमा यसपाली किन उनी ५२ हजार मतले पछाडि परेर पछारिए, यसको उत्तर स्वतः आउँछ, अतिविश्वास ।

सबै मोदीपथमा !
धार्मिक आडमा राजनीतिक होडबाजी चल्दा राहुल गान्धी पनि धोती–पाटा फेरेर जनै लगाएको नाङ्गो आङ् देखाउँदै मन्दिरहरूमा पूजाका निम्ति पुगे । नेपाल आएर पशुपतिनाथको विशेष पूजा र कैलाश मानसरोवरसम्मको तीर्थाटन गर्नुको तात्पर्य हिन्दू धर्ममा आस्थावान मतदाताको मत हत्याउने रणनीति थियो । एकताका अहिलेका सबैजसो चर्चित नेताहरूले मन्दिर र पूजाको स्वाङ् रचेकै हुन् ।

हिजो अस्तीसम्म दक्षिणको केरलाबाट ५ जना सांसद लोकसभामा पठाउन सफल कम्युनिस्ट पार्टीले एकजना पनि जिताउन सकेन । त्यहाँ त भाजपा पनि रित्तै भयो । महाराष्ट्रको किसान ¥यालीबाहेक ऋणको मारमा परेर आत्महत्याको हदसम्म पुगेका देशभरिका किसानका समस्यामा कम्युनिस्ट पार्टीले कुनै कदम चलाउन वा आवाज बुलन्द पार्न र त्यसलाई चुनावी मतमा अनुवाद गर्न नसक्नु समस्या नै भयो । अर्कातिर भारतमा ‘नक्सलवादी’ भनिएका माओवादीहरूले संसदवादी कम्युनिस्ट पार्टीहरूलाई गद्दार भन्दै हार्ने रणनीति चलाएका कारण पनि त्यसको प्रत्यक्ष घाटा सीपीआई र सीपीएमलाई पर्न गयो ।

एकातिर कथित ‘हिन्दु राष्ट्रवादी’ भाजपा र अर्कातिर वंशवादी विरासतका साथ उदय भएका चरित्रका बीच यसपालीको आमनिर्वाचन भएको थियो । यसपालीको भाजपा चुनावी घोषणापत्रमा उल्लेख थियो, राष्ट्रवाद हाम्रो प्रेरणा हो (nationalism is our inspiration) । मतगणना करिब अन्तिम चरणमा पुग्दा भाजपा कार्यालयमा भाषण गर्दै मोदीले विरोधीहरूलाई औँल्याउँदै भने, “सेक्युलरिज्म् (धर्मनिरपेक्षता) को नकाब ओढेर जातीवादी आधारमा भोटबैंकको निर्वाचन अभियानमा लागेकाहरूको धर्मनिरपेक्षता बेनकाब भएको छ ।” यसको आशय मोदी आगामी दिनमा धर्मनिरपेक्षतालाई तिलान्जली दिने पक्षमा छन् । २०१४ को चुनावताका नै उनले गोमांस उद्योगका लागि आउन लागेको ५ अर्ब डलरको लगानीलाई कडा शब्दमा निन्दा गरेर धपाईदिएकै हुन् । त्यसपछि गोरक्षा अभियान अन्तरगत गाई काटेको र गोमांस खाएको अभियोगमा खासगरी मुसलमानहरू दण्डित भएकै हुन् ।

भाजपाबाट प्रधानमन्त्री भएका अटलबिहारी बाजपेयी राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का उपज होइनन्, तर नरेन्द्र मोदी हुन् । तसर्थ भारतले पहिलोपटक आरएसएसको सदस्यलाई आफ्नो प्रधानमन्त्रीका रुपमा पायो २०१४ मै । नरेन्द्र मोदी पहिलो मुख्यमन्त्री एवं भारतीय नेता हुन्, जसले विगतमा २ पटक अमेरिका भ्रमण गर्ने प्रयास गर्दा पनि दुवैपटक अमेरिकाले भिसामा रोक लगाएको थियो । कारण थियो २००१ मा गुजरातमा हिन्दू–मुस्लिम दङ्गा हुँदा दङ्गा नियन्त्रण गर्नुभन्दा हिन्दूहरूलाई उक्साउने काम गरेको आरोप । यसलाई उनी अस्वीकार गर्दै आइरहेका छन् ।

सत्तामा मोदीको भारतीय जनता पार्टी (भाजपा) आउनुले नेपालीभाषी भारतीयहरूलाई पहिलोपटक बडादशैं जस्तै खुशीयाली दिएको थियो । चुनावमा भाजपाले छुट्टै गोर्खाल्याण्ड राज्यको माग स्वीकारिसकेको भए पनि त्यो स्विकृती उपेक्षित भएको छ । यसपालीसहित दार्जिलिङ्ग क्षेत्रबाट भाजपाले ३ पटक चुनाव जितिसक्यो । यसअघिका जसबन्त सिंह र आहलुवालिया गैरनेपालीभाषी थिए भने यसपालीको चुनावमा नेपालीभाषी राजु विष्ट निर्वाचित भएका छन् । बंगालमा भाजपाको पकड बढेको र नेपालीभाषी नै सांसद निर्वाचित भएको कारणले गोर्खाल्याण्डको आवाज सुनवाई हुनसक्ने अनुमान छ ।

कम्युनिस्टहरू बढारिने कारण

पहिले १० सिट जितेका सीपीआई र सीपीएमले १/१ सिट जितेको अवस्था छ दक्षिणको तामिलनाडुबाट । स्वतन्त्रता प्राप्तिदेखि नै हरेक आम निर्वाचनमा कम्युनिस्टहरूले बंगालबाट लोकसभा चुनाव जितिरहेका थिए । यतिबेला ‘कम्युनिस्ट मुक्त भारत’ भनेको सुनिन्छ । बंगालमा माक्र्सवादी कम्युनिस्ट पार्टीले २ सिट चुनाव जितिने अपेक्षा राखेको थियो । तर आफ्ना साविक गढबाटै उनीहरू नराम्रोसँग बढारिए । २५ वर्षसम्म त्रिपुरामा राज्य सरकार चलाएर गतसालमात्र भाजपालाई सुम्पिनु परेको कम्युनिस्ट पार्टीले दुई सिटमा उम्मेद्वारी दिएको थियो दुवैमा नराम्रोसँग हात धुनुप¥यो । हिजो अस्तीसम्म दक्षिणको केरलाबाट ५ जना सांसद लोकसभामा पठाउन सफल कम्युनिस्ट पार्टीले एकजना पनि जिताउन सकेन । त्यहाँ त भाजपा पनि रित्तै भयो । महाराष्ट्रको किसान ¥यालीबाहेक ऋणको मारमा परेर आत्महत्याको हदसम्म पुगेका देशभरिका किसानका समस्यामा कम्युनिस्ट पार्टीले कुनै कदम चलाउन वा आवाज बुलन्द पार्न र त्यसलाई चुनावी मतमा अनुवाद गर्न नसक्नु समस्या नै भयो । अर्कातिर भारतमा ‘नक्सलवादी’ भनिएका माओवादीहरूले संसदवादी कम्युनिस्ट पार्टीहरूलाई गद्दार भन्दै हार्ने रणनीति चलाएका कारण पनि त्यसको प्रत्यक्ष घाटा सीपीआई र सीपीएमलाई पर्न गयो ।

गठबन्धन र क्षेत्रीय पार्टीहरूमा पहिरो

७२ वर्षको भारतीय स्वतन्त्रताको इतिहासमा यसअघि २०७१ सालमा र यसपटक मोदी लहरले भारतीय कांग्रेसलगायत सबैलाई यति नराम्रोसँग बढा¥यो कि पश्चिम बंगालकी मूख्यमन्त्री ममता बनर्जीको तृणमूल कांग्रेस, उडिसामा नवीन पटनायकको ‘बिजू जनता दल’ (बीजेडी), उत्तरप्रदेशका पूर्वमूख्यमन्त्रीद्वय मायावती र अखिलेश यादबका पार्टीहरू बहुजन समाज पार्टी र समाजवादी पार्टी, प्रमुख विपक्षी दल हुन चाहिने ७५ सांसद पनि उसँग भएन । कांग्रेस ४१ सिटमा खुम्चिनुपरेको अवस्था १९७७ को आमनिर्वाचनमा पनि आएको थिएन । भारतीय कांग्रेसको मनोबल यसअघि यति नराम्रोसँग गिरेको थिएन ।

भाजपा र भारतीय कांग्रेसका बिरूद्ध चुनावी अभियान लडन स्थापित उत्तर प्रदेशका मूख्यमन्त्री रहिसकेका दुई नेता मुलायम सिंह यादबका छोरा अखिलेश र मायावतीले महागठबन्धन बनाएका थिए । यसमा लोकतन्त्र सुरक्षा पार्टी, पञ्जाब एकता पार्टी, लोक इन्साफ पार्टी, पन्जाब फ्रन्टका साथै राज्य स्तरमा मार्क्सवादी कम्युनिस्ट पार्टी र सीपीआई जस्ता ससाना गुट पनि सामेल थिए । जातीय आधारको भोटबैंक रणनीतिमा चुनावी अभियानका क्रममा यो गठबन्धनले सोनिया गान्धीको रायबरेलीमा र राहुल गान्धीको अमेठीमा उम्मेदवारी नदिएर योगदान पु¥याएको थियो । कम्तिमा ४५ सिट जित्ने अपेक्षा गरेको गठबन्धनले उत्तरप्रदेशका १७ स्थानमा मात्र विजय हात पा¥यो । उत्तर प्रदेशमा उसको पनि बर्चश्व समाप्तीतिर उन्मुख हुँदैगयो । यही प्रवृत्ति कायम रहने हो भने अबका दिनमा भारतीय राजनीतिमा क्षेत्रीय दलहरूको बर्चश्व एकपटक समाप्तै हुने छ ।

मोदीका १० विशेषता

Jasudhaनिर्वाचनताका जनसभाहरू र जनताको जिब्रोमा सबभन्दा बढी ध्वनित हुने नाम ‘मोदी ! मोदी !’ नै हो । ‘आफ्नो मुटुलाई बाउलामा पहिरेको मान्छे’को रुपमा उनको चर्चा गरिन्छ । फकीरजस्तो, कठोरजस्तो, हठीजस्तो, तानाशाहजस्तो मानिसहरू धेरैतिर तुलना गर्न खोज्छन् । तर सारा भारतको मध्यम र निम्नमध्यम वर्ग, जसले रोजगारी, विजुली र विकास चाहेको छ, उसको पछिल्लो छनौटमा मोदी नै परे ।

मोदीका बारेमा भारतीयहरू १० वटा विशेषता औँल्याउने गर्छन् । पहिलो विशेषता उनको बिवाहबारे हो । सन् ५० को दशकको सुरुतिर जुनबेला भारत भर्खरै स्वतन्त्र भएको थियो, अरूतिर जस्तै गुजरात पनि अन्धविश्वासमा जकडिएको थियो । मोदीको ३ वर्षकै उमेरमा जसोदा बेन (तस्बीरकी महिला) सँग मगनी भइसकेको थियो । उनको बिहे भइसकेको कुरा सर्वप्रथम २००९ मा एउटा पत्रिकाले भेद खोलेको थियो । त्यसभन्दा अगाडि कसैलाई थाहा थिएन । ६३ वर्षीय जसोदा बेन रजोसना गाउँमा अवकाशप्राप्त शिक्षिकाको रुपमा मासिक १७ हजार भा.रू. पेन्सन लिएर बस्छिन् ।

मोदीको दोस्रो विशेषता उनले १५ वर्षको उमेरमै सन् १९६५ को भारत–पाक युद्धका बेला रेल्वे स्टेशनमा रहेका भारतीय सेनालाई स्वयंसेवी योगदान पु¥याएका थिए । १९९७ मा गुजरातमा आएको बाढीमा पनि १७ वर्षे मोदीले जनताको उद्धार तथा कल्याण गरेका थिए ।

छोरो प्रधानमन्त्री भएको हेर्न पाउने आमा भारतको इतिहासमा कोही थिएनन्, नरेन्द्र मोदी नै पहिलो प्रधानमन्त्री हुन्, जसकी आमा जीवित छन् । आमाले ठूलाबडाका घरमा भाँडा माजेर र बाबुले रेलवे स्टेशनमा चिया बेचेर हुर्काएका मोदी विपन्न र श्रमजीवी परिवारमा जन्मेर अरुले खाएका चियाका जुठा कप माझेर धूलोमाटोमा लटपटिँदै हुर्केका पहिलो प्रधानमन्त्री हुन् । यसअघि जवाहरलाल नेहरुको निधन भएपछि प्रधानमन्त्री बनेका लालबहादुर शास्त्रीको घरेलु अर्थब्यवस्था मोदीको जति कमजोर थिएन । अन्य भारतीय प्रधानमन्त्रीहरू त सम्भ्रान्त र सफेदपोश नै थिए ।

तेस्रो विशेषता, मोदी हिन्दु धर्मावलम्बीको पिछडिएको समुदायमा जन्मिएका नेता हुन् । बाल्यकालमै उनी सन्यासी बन्न चाहन्थे । वास्तबमा उनी सानैदेखि विभिन्न किसिमका पूजा र साधुसन्त आदिको संगत गर्न मन पराउने, ध्यान, योग आदिमा मग्न हुनचाहने स्वभावका थिए । हाईस्कूलको पढाइ सकेपछि उनी घर छोडेर हिँडे । दुई वर्ष भारत र हिमालय क्षेत्र चहार्दा त्यस अवधिमा उनी स्वामी विवेकानन्दका गुरु रामकृष्ण परमहंसको बंगालस्थित आश्रम पुगे । विवेकानन्दलाई मोदी आफ्नो आदर्श मान्छन् । विवेकानन्दको वास्तबिक नाम पनि ‘नरेन्द्र’ नै थियो । दुईवर्षको अवधिले उनलाई सन्यासी जीवन त्यागेर घर फर्किन नवचेतना दियो ।

चौथो विशेषता, घर फर्किएपछि उनले दाजुसँग मिलेर स्टेट ट्रान्सपोर्ट अफिस नजिकै एउटा सानो चिया पसल चलाएर बसे । चिया पसलले उनलाई ब्यावहारिक बन्न र जीवनको कठिनाइ बुझ्ने शिक्षा दियो ।

पाँचौँ विशेषता, सार्वजनिक जमघटमा आफ्नो चेहरा देखाउने मामिलामा मोदी निकै सचेत देखिन्छन् । उनी दाह्री पाल्छन् तर काँटछाँट मिलाएर । उनी ‘जेड ब्लु’ (नीलो) रंगका लुगा मन पराउँछन् ।

छैठौँ विशेषता, मोदीले जनसम्पर्क र छवि व्यवस्थापनबारे अमेरिकामा तीनमहिने कोर्श गरेका छन् । यसले उनलाई सार्वजनिक रुपमा प्रस्तुत हुने र संगठित रुपमा काम गर्ने खुवी दिएको छ ।

सातौँ विशेषता, उनी आफ्नी आमाप्रति अत्यन्तै आदरभाव राख्छन् । नयाँ काम थाल्नुअघि आमाको आशिर्वाद लिन उनी कहिल्यै भुल्दैनन् । बास्तबमा उनकी ९५ वर्षीया आमा नै उनको सबभन्दा निकटका नातेदार हुन् । उनी धूमपान, मद्यपान गर्दैनन् । पूरै सात्विक उनी कडा अनुशासनमा बसेका मान्छे हुन् ।

आठौँ विशेषता हो, मोदीलाई भारतीय महिलाहरूले पनि मन पराउँछन् । उनका जनसभामा पुरुषभन्दा महिलाको उपस्थिति अधिक हुनेगर्छ ।

उनको नवौँ विशेषता, मोदी सिर्जनशील लेखक र कवि हुन् । उनी प्रायः गुजराती भाषामा लेख्ने गर्छन् । उनले आफ्नो पहिलो चुनावी अभियानलाई ‘विवेकानन्द युवा विकास यात्रा’ भन्ने संज्ञा दिएका थिए ।

दशौँ विशेषता हो, उनलाई आफ्नै पार्टी भाजपाका ‘विश्वहिन्दु परिषद’, ‘बजरंग दल’ जस्ता भातृ संगठनहरूले रुचाउँछन् ।

छोरो प्रधानमन्त्री भएको हेर्न पाउने आमा भारतको इतिहासमा कोही थिएनन्, नरेन्द्र मोदी नै पहिलो प्रधानमन्त्री हुन्, जसकी आमा जीवित छन् । आमाले ठूलाबडाका घरमा भाँडा माजेर र बाबुले रेलवे स्टेशनमा चिया बेचेर हुर्काएका मोदी विपन्न र श्रमजीवी परिवारमा जन्मेर अरुले खाएका चियाका जुठा कप माझेर धूलोमाटोमा लटपटिँदै हुर्केका पहिलो प्रधानमन्त्री हुन् । यसअघि जवाहरलाल नेहरुको निधन भएपछि प्रधानमन्त्री बनेका लालबहादुर शास्त्रीको घरेलु अर्थब्यवस्था मोदीको जति कमजोर थिएन । अन्य भारतीय प्रधानमन्त्रीहरू त सम्भ्रान्त र सफेदपोश नै थिए ।

भारतलाई बर्वाद गर्ने ‘तीन–एके’ तत्व ‘एके–४७’ हतियार, अरबिन्द केजरीवाल (एके) को दिल्लीमा ४९ दिने कार्यकाल अर्थात ‘एके–४९’ र एक चिनिया सैनिक जनरलले झपारेका रक्षामन्त्री ‘एके एन्थोनी’ कश्मिरको चुनावी सभालाई सम्वोधन गर्दा यो भनाइ मोदीले नै प्रकट गरेका हुन् । उनी यस्ता टुक्का निकालेर आम भारतीयहरूलाई मख्ख पारिरहेका छन् । २०७२ मा बिहारको प्रान्तीय चुनावमा सत्तारुढ भारतीय जनता पार्टीको शर्मनाक हार नेपाललाई नाकाबन्दीको यातना दिएको सँजायको रुपमा देखियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा