३१ भाद्र २०७८, बिहीबार
राजनीति

संघीयता चलाउने क्षमता वर्तमान सरकारसंग छैन : युवा नेता थापा

प्रकाशित मिति :  ११ जेष्ठ २०७६, शनिबार १९:०४


काठमाडौं । नेपाली काग्रेसका युवा नेता गगन थापाले संघीयता चलाउने क्षमता वर्तमान सरकारसंग नरहेको बताएका छन् ।

शनिबार काठमाडौमा आयोजित एक कार्यक्रममा उनले सरकारकै कारण संघीयता खतरामा परेको पनि बताए । उनले सरकार जनताको न्युनतम आवश्यकता पुरा गर्न पनि असफल रहेको बताए ।

त्यस्तै वर्तमान सरकार गठन भएयता मुलुकको अर्थतन्त्र धरासयी भएको उनको आरोप छ । उनले आहिलेको परिस्थीतिमा कांग्रेस एकताबद्ध भएर अघि बढ्नुको बिकल्प नरहेको धारणा राखे ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा