हिन्दू धर्म संस्कृति हो : पूर्वप्रधानन्यायाधीश कार्की
इन्द्र रिजाल
जेठ ११, २०७६ आइतबार १:४७:४७
पोखरा । विश्व हिन्दू महासङ्घको दुईदिने सातौँ राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा शुरु भएको छ । जगत्गुरु मोहनशरण देवाचार्यको उपस्थितिमा भएको सो महाधिवेशनमा ॐकार परिवारलाई ऐक्यबद्ध गर्नुपर्ने, हिन्दू धर्मका विभिन्न सम्प्रदायबीच आपसी एकता हुनुपर्ने, नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने र आ–आफ्ना संस्कृतिको संरक्षण र संवद्र्धन गर्नुपर्नेलगायतका विषयमा वक्ताहरुले जोड दिएका छन् ।
महाधिवेशनको उद्घाटन गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नेपाल परापूर्वकालदेखि तपोभूमि रहेकाले धर्म, संस्कृति र सभ्यतालाई कहिले पनि छोड्न नहुने विचार व्यक्त गरे । हिन्दू धर्म सबै धर्मसँग समन्वय राख्दछ, उनले भने, “हिन्दू धर्म एउटा संस्कृति हो र धर्म भन्नाले धार्मिक आचरणको पालना गर्नु हो ।”
विश्व हिन्दू परिषद्का केन्द्रीय सदस्य एवं सांसद देवेन्द्रराज कँडेलले राष्ट्र, धर्म र संस्कृतिको रक्षाका लागि दृढसङ्कल्पित हुनुपर्ने धारणा प्रकट गरे । अर्का सांसद राजेन्द्र लिङ्देनले महाधिवेशन सफलताको कामना गर्दै राप्रपाले हिन्दू राष्ट्रको मागलाई निरन्तरता दिइरहेको बताए ।
पूर्वसभामुख तारानाथ रानाभाटले कसैको प्रभावमा नपरी सार्वभौमसत्ता राष्ट्रको स्वतन्त्र नागरिक भए पनि धर्मको नाममा आक्रमण भएकाले ॐकार परिवारका साथै इस्लाम धर्मलाई पनि ऐक्यबद्ध पार्नुपर्ने सुझाव दिए । वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले नेपाललाई जोगाउनका लागि सनातन हिन्दू राष्ट्रको स्थापना हुनुपर्ने धारणा राखे ।
विश्व हिन्दू परिषद्का अध्यक्ष डा रामचन्द्र अधिकारीको अध्यक्षतामा भएको उक्त महाधिवेशनमा पूर्वमन्त्री लक्ष्मणप्रसाद घिमिरे, नेपाली काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसी, पीठाधीश रमानन्द सरस्वती, हिन्दू जागरण अभियानका संयोजक पण्डित रामकृष्ण उपाध्याय र नवलविहारी शरणलगायतले नेपालमा हिन्दूहरुको अवस्थाका साथै धर्म र संस्कृतिको विषयमा आ–आफ्ना धारणा प्रकट गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपविपिन जोशीको रिहाईको पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेल र कतारी राजाबीच भेटवार्ता, साझा मुद्दामा सहकार्य गर्न कतारलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
ट्याक्टर दुर्घटनाबाट सशस्त्र प्रहरीले बचाए चालकको ज्यान
बैशाख ११, २०८१ मंगलबार
रुससँग लड्न युक्रेनले अब उमेर पुगेका नागरिकलाई स्वदेश फिर्ता बोलाउने
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
बैशाख ११, २०८१ मंगलबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
कर्णालीका मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिने
बैशाख ११, २०८१ मंगलबार
दैलेखमा एउटै बँदेलको टोकाइबाट सात जना घाइते
बैशाख ११, २०८१ मंगलबार