७ आश्विन २०७८, बिहीबार

अछाममा चट्याङ लागेर ६ जना घाइते, उपचार चल्दै

प्रकाशित मिति :  १२ जेष्ठ २०७६, आईतवार ०६:३०


अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका र रामारोशन गाउँपालिकामा चट्याङ लागेर ६ जना घाइते भएका छन् ।

पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ९ रातोमाटेका कौले दमाईको घरमा परेको चट्टयाङले कौले दमाईकी ३२ वर्षीया छोरी किरीथु दमाई र ५ वर्षीय नाती धिरेन्द्र दमाई घाइते भएको इलाका प्रहरी कार्यालय कालेकाँडाका प्रहरी हवल्दार मदनबहादुर विष्टले जानकारी दिए ।

यस्तै रामारोशन गाउँपालिका– ४ हुडितोलामा पनि शुक्रबार बेलुका चट्याङ लागेर ४ जना घाइते भएका छन् ।

चट्याङ लागेर स्थानीय ४० वर्षीया मन्सरा विक, वडा नम्बर ८ का टेकबहादुर विक, वडा नम्बर ९ की शारदा विक, वडा नम्बर ६ का अर्जुन विक घाइते भएको शान्तडा प्रहरी चौकीका हवल्दार कृतसिंह बुढाथोकीले जानकारी दिए । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा