३१ भाद्र २०७८, बिहीबार
शेयरबजार

शेयर तालिम सिक्नुस, छोटो समयमा नै लगानी गरेर मनग्ये कमाउनुस्

प्रकाशित मिति :  १२ जेष्ठ २०७६, आईतवार १२:५३


काठमाडौं । शेयर बजार बढ्दो क्रममा छ । छोटो समयमै लगानी गरेर पनि मनग्ये नाफा गर्नेहरु बजारमा प्रशस्त भेटिन थालेका छन् । तर शेयर बजारमा कमाउनका लागि पनि विशेष सीप र ज्ञान आवश्यक हुन्छ ।

त्यसका लागि तपाईलाई शेयरमा लगानी गर्न उपयुक्त कम्पनी कसरी छनोट गर्ने ? लगानी गर्दा ख्याल गर्नैपर्ने आधारभूत पक्ष के–के होलान ? लगानी गर्ने सबैभन्दा उपयुक्त समय कहिले हो ?लगायतका प्रश्नले बारम्बार सताउने गरेको होला ? यदि हो भने अब चिन्ता लिइरहनु पर्दैन ।

आम लगानीकर्ताको यी तमाम जिज्ञासाको पूरै समाधान गर्नका लागि नेपाली पैसाले फेरि एक पटक सुरु गर्दैछ, शेयरबजार तालिम । यही जेठ १४ गते मंगलबारदेखि १६ गते बिहीबारसम्म सञ्चालन हुने तालिममा शेयर बजारका सैद्धान्तिक, व्यावहारिक तथा प्राविधिक पाटोका विविध पक्षमा प्रशिक्षार्थीलाई विस्तृतरुपमा सिकाइनेछ ।

तालिम प्रत्येक दिन साँझ ४ः३० बजेदेखि ६ः३० बजेसम्म नेपाली पैसाको कार्यालय पानीपोखरी, काठमाडौंमा सञ्चालन हुनेछ । तालिमका क्रममा सहभागीले शेयर बजारमा लगानी गर्न सिकाउने पुस्तक समेत निःशुल्क पाउनेछन् ।

तपाईले ४४१०४८७ तथा ९८०१११३१२४ मा कल गरेर पनि तालिमका बारेमा विस्तृत जानकारी पाउन सक्नुहुनेछ । यसैगरी, नेपाली पैसाको होम पेजको ट्रेनिङ अप्सनमा गएर पनि तालिम सम्बन्धी थप जानकारी लिन तथा आफ्नो नाम दर्ता गर्न सक्नुहुनेछ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा