७ आश्विन २०७८, बिहीबार

सुकुम्बासी र भूमिहिनलाई सम्पतिको मालिक बनाएरै छाड्छु

प्रकाशित मिति :  १२ जेष्ठ २०७६, आईतवार १९:४३


काठमाडौं । भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले देशमा रहेका सुकुम्बासी , भूमिहिन र अब्यवस्थित जग्गा भएकाहरुलाई सम्पतिको मालिक बनाएरै छाड्ने दाबी गरेका छन् ।

आइतबार रुपन्देहीको सैनामैना नगरपालिकाले रुपन्देहीमा आयोजना गरेको जग्गा धनी दर्ता प्रमाण पूर्जी बितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् ।

आगामी आर्थिक बर्षलाई सरकारले एक्सन बर्षको रुपमा घोषणा गरेको बताउदै मन्त्री अर्यालले सम्पतिको मालिक सरकारले गराउनेमा ढुक्क हुन आग्रह गरिन । उनले गरिबका नाममा आउने कार्यक्रम र अनुदान लुटेनेहरुको प्रबृत्ति अब अन्त्य हुने बताइन् । जनतालाई जनताको अधिकार दिलाउन सधै लडने सरकार कसैको सामू नचुक्ने र कसैको अन्याय नसहने तर्क गरिन् ।

सम्पति बिहिन स्थानियलाई सम्पतिको मालिक बनाउने सरकारको अभियानमा सैनामैना नगरपालिका प्रथम भएको समेत उनले बताइन् । कार्यक्रममा नेकपा महासचिव बिष्णु प्रसाद पौडेलले परिबर्तनको अनुभूति जनताले ब्यहारबाट पाउनुपर्ने बताए ।

कार्यक्रममा सैनामैना नगरपालिकाले नगरभित्रका १७ गाउ लालपूर्जा बिहीन ४ सय ६४ जनालाई पूर्जा बितरण गरिएको थियो । यस्तै बाकी लालपूर्जा बिहीनलाई पनि छिट्टै बितरण गर्ने गरि नापी भईरहेको नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले जानकारी दिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा