७ आश्विन २०७८, बिहीबार

उच्च सुरक्षा सतर्कता अपनाउन गृहमन्त्रीको निर्देशन

प्रकाशित मिति :  १२ जेष्ठ २०७६, आईतवार २१:०८


काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राजधानीमा आइतबार अपरान्ह भएका दुई विस्फोटपछि उच्च सुरक्षा सतर्कता अपनाउन तीनवटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन्।

सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको आकस्मिक सुरक्षा समिति बैठकमा गृहमन्त्री बादलले थप जनशक्ति परिचालन गरि सुरक्षा व्यवस्था मजबुत बनाउन र यस्ता घटना दोहोरिन नदिन निर्देशन दिएका हुन्।

बैठकमा नेपाल प्रहरी , शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखसहित महानगरीय प्रहरी कार्यालय र काठमाडौं प्रहरी परिसरका प्रमुखसमेतको उपस्थिति रहेको थियो। उनीहरुले घटनाबारे गृहमन्त्रीलाई ब्रिफिङ गरेका थिए।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा