३१ भाद्र २०७८, बिहीबार
खोज / विशेष

सुदूरपश्चिमले दियो एपिएफलाई १२६ रनको लक्ष्य

प्रकाशित मिति :  १३ जेष्ठ २०७६, सोमबार १२:५८


tu-cricket

काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबाई जितका लागि १२६ रनको चुनौती दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १२५ रनमा समेटियो । उसका लागि लोकेस बमले सर्वाधिक ३० रनको योगदान दिँदा विपीन रावलले २१ रन जोडे ।

त्यसैगरी खडक बोहोराले १९, रोशन अधिकारीले १६, कप्तान शेर मल्लले ११ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।

प्रतियोगितामा एपिएफका अभिनाश बोहोराले दुई विकेट लिए भने पृथु बाँस्कोटा, शरद भेषवाकर र भुवन कार्कीले समान एक एक विकेट हात पारे ।

प्रतियोगिताको विजेताले रु २० लाख तथा उपविजेताले रु १० लाख पाउनेछ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा