११ आश्विन २०७८, सोमबार

हत्या आतंकको घटनाले राजनीतिक परिवर्तन हुदैन

प्रकाशित मिति :  १३ जेष्ठ २०७६, सोमबार २०:०२


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले विप्लवको बन्दलाई आफ्नो समर्थन नरहेको स्पष्ट पारेका छन् ।

आफुले बिराटनगरमा बोलेको बिषयमा गलत बुझाई भएको र बन्दलाई सकारात्मक रुपमा लिन आग्रह गरेको समाचार आएको भन्दै प्रचण्डले आफु हिंसाको पक्षमा नरहेको स्पष्ट पारे ।

सोमबार अपरान्ह काठमाडौंमा पत्रकार संगीता खड्काको पुस्तक ‘युद्धका ती दिनः एक पत्रकारको भोगाई’ सार्वजनिक गर्दे प्रचण्डले आफुले मजाकको शैलिमा बार्ताको वातावरण बनाउन बन्द गरिएको होला भनेर बोलेको भन्दै भ्रममा नपर्न समेत आग्रह गरे । उनले हत्या आतंकको घटनाले राजनीतिक परिवर्तन नहुने उल्लेख गरे ।

यसअघि प्रचण्डले सोमबार नै विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसित कुरा गर्दै नेत्रविक्रम चन्द विप्लवको बन्दलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका थिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा