८ आश्विन २०७८, शुक्रबार
राजनीति

विप्लवको विज्ञप्ति : घट्टेकुलो र कपन विस्फोटको जिम्मा लिए !

प्रकाशित मिति :  १३ जेष्ठ २०७६, सोमबार २१:१७


काठमाडौं । राजधानीमा आइतबार भएका दुई विस्फोटमा मारिएका चार जना सबै आफ्ना कार्यकर्ता भएको नेत्र विक्रम चन्द’विप्लव’ नेतृत्वको नेकपाले स्वीकार गरेको छ।

महासचिव विप्लवले सोमबार साँझ जारी गरेको विज्ञप्तीमा मारिएका सबै चार जना पार्टी कार्यकर्ता भएको र तीमध्ये एक जना लडाकु कमान्डर भएको उल्लेख छ। तर को चाहीँ लडाकु कमान्डर हो भन्नेबारे केही खुलाईएको छैन।

विप्लवले विज्ञप्तिमा प्रहरीको गोली लागेर मृत्यु भएका भोजपुरका तिर्थराज घिमिरेलाई पनि सहिद घोषणा गरेका छन् ।

विज्ञप्तिमा विप्लवले काठमाडौंमा भएका विस्फोटले पार्टीलाई क्षति पुगेको भन्दै त्यसको सत्यतथ्य जनतामा ल्याउने प्रतिवद्धता समेत जाहेर गरेका छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा