fbpx

हुवावे प्रतिबन्ध भएपछि गुगललाई वार्षिक ४२ करोड डलर घाटा !



नेपालबहस संवाददाता
 




काठमाडौं । अमेरिकामा हुवावे प्रतिबन्ध भएपछि गुगललाई वार्षिक ४२ करोड ५० लाख डलर नोक्सान हुने अनुमान गरिएको छ ।

रिसर्च एजेन्सी नोमुरा इन्स्टीनेटको रिपोर्टले गुगललाई उक्त रकम बराबरको नोक्सान हुने अनुमान गरेको हो । यसका अनुसार विश्वभर हुवावेका स्मार्टफोन प्रयोगकर्ताहरु ५० करोड भन्दा बढी रहेका छन् । गुगलले सन् २०१८ मा ७ अर्ब डलर प्ले स्टोरबाट कमाएको थियो । यसमा हुवावेबाट मात्रै ३८ करोड ८ लाख डलर कमाएको थियो । यो रकम सबैभन्दा धेरै युरोपबाट कमाएको हो ।

प्रतिबन्धपछि उक्त रकममा गिरावट आउने बताइएको छ । चिनमा भने ५२५ हुवावे प्रयोगकर्ता भएपनि गुगल प्ले सेवा उपलब्ध छैन । यसआधारमा ट्रम्पको निर्णयले गुगललाई चीन बाहेक एसियाका बाँकी देश र युरोपको बजारमा असर पर्ने देखिएको छ । तर गुगलको नोक्सान लामो समयसम्म नरहने पनि रिपोर्टमा उल्लेख गरेको छ ।

यस अनुसार हुवावेमा गुगल प्रतिबन्ध भएपछि प्रयोगकर्ता अन्य गुगल चल्ने फोनमा स्विच हुने अनुमान गरिएको छ । यता, हुवावेले भने आफ्नै अपरेटिङ सिस्टम निर्माण गर्ने घोषण गरिसकेको छ । यद्दपि, प्रयोगकर्ताहरु भने निश्चित हुन सकेका छैनन् ।

हालैमात्र ट्रम्प प्रशासनले हुवावेलाई अमेरिकामा प्रतिवन्ध लगाएको थियो । लगभग सबै अमेरिकी कम्पनीहरुले हुवावे स्मार्टफोन बिक्री बन्द गरिसकेका छन् । यो प्रतिबन्धको भर्सना गर्दै हुवावेले अब बन्ने स्मार्टफोनमा गुगल एन्ड्रोइड चलाउन नमिल्ने बनाउने भएको छ । पुराना फोनहरुले पनि कुनै गुगल अपडेट पाउने छैनन् । यसअघि, गुगलले हुवावेसँगको एन्ड्रोइड लाइसेन्स रद्द गरिसकेको छ ।


सम्बन्धित समाचार