३१ भाद्र २०७८, बिहीबार

जलविद्युत् आयोजनामा विद्युत् उत्पादन वृद्धि

प्रकाशित मिति :  १४ जेष्ठ २०७६, मंगलवार ०७:१०


A view of the Upper Madi Hydro Project with 25 MW capacity in Sildujure, Kaski, on Friday, December 30, 2016. Photo: Bharat Koirala

लमजुङ । जलविद्युत् आयोजनाको ‘हव’ बन्दै गरेको लमजुङ जिल्लामा सञ्चालित उत्पादन थालेका आयोजनाहरूमा विद्युत् उत्पादन बढेको छ । बेलाबेला वर्षा हुनाका साथै धेरै हिउँ पग्लिएसँगै नदीमा पानीको बहाव बढ्न थालेपछि उत्पादन थालेका आयोजनाहरूमा विद्युत् उत्पादन बढ्न थालेको हो ।

बेसीशहर नगरपालिका–१ दलालमा रहेको जिल्लाकै पहिलो मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनामा विद्युत् उत्पादन बढेको छ । ७० मेगावाट क्षमताको उक्त आयोजनाबाट केही दिनअघि बाट पूरै क्षमतामा बिजुली उत्पादन हुन थालेको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना केन्द्रले जनाएको छ ।

केही समयअघि सम्म नदीमा पानी कम हुँदा मुस्किलले ५० मेगावाट मात्रै बिजुली उत्पादन हुँदै आएको थियो । विगतका वर्षमा जेठ २० गतेपछि मात्रै विद्युत् उत्पादन बढ्ने गरे पनि गत वर्षको तुलनामा यस वर्ष चाँडै बिजुली उत्पादन बढेको केन्द्रका प्रमुख पशुपति गौतमले बताए । मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनामा ३५÷३५ मेगावाट क्षमताको दुई वटा टर्बाइन गरी ७० मेगावाटको बिजुली उत्पादन हुँदै आएको छ । हिउँदको समयमा कुनै बेला २५ मेगावाट मात्रै पनि बिजुली उत्पादन हुने गरेको सो आयोजनामा अहिले पूरै क्षमतामा बिजुली उत्पादन हुँदा देशलाई समेत मद्दत पुगेको छ ।

त्यसैगरी ५० मेगावाट क्षमता भएको माथिल्लो मस्र्याङ्दी जलविद्युत् ‘ए’ आयोजनामा समेत विद्युत् पूरै क्षमतामा उत्पादन हुन थालेको आयोजनाले जनाएको छ । केही समयअघि सम्म क्षमताभन्दा करीब आधा मात्रै उत्पादन हुँदै आए पनि अहिले छिट्टै उत्पादन बढेको आयोजनाका कर्ण अधिकारीले बताए ।

अन्य निर्माण सम्पन्न आयोजनाहरूमा समेत बिजुली उत्पादन बढ्न थालेको जनाइएको छ । पाँच मेगावाटको सिउरी, ४.४ मेगावाटको राधी, चार मेगावाटको खुदी, तीन मेगावाटको मिदिम करापु, दुई मेगावाटको छ्याङ्दी र एक मेगावाटको स्याङ्गे जलविद्युत् आयोजनामा समेत विद्युत् उत्पादन बढ्न थालेको जनाइएको छ ।

जिल्लामा रहेको आयोजनाहरूमा विद्युत् उत्पादन बढ्दा देशलाई समेत थप टेवा पुगेको छ । जिल्लामा एक दर्जनभन्दा बढी आयोजना निर्माणाधीन अवस्थमा रहेका छन् ।

अकला मन्दिरको भौतिक संरचना निर्माण हुँदै

लमजुङको सुन्दरबजार नगरपालिका–८ मा रहेको ऐतिहासिक तथा धार्मिक अकला मन्दिरको भौतिक संरचना निर्माण हुने भएको छ । गण्डकी प्रदेश सरकारले मन्दिरको भौतिक संचरना निर्माण गर्नका लागि ४० लाख रुपैयाँ सहयोग गरेसँगै निर्माण हुन लागेको हो ।

उक्त बजेटबाट मन्दिरमा १० हजार लिटर खानेपानी ट्याङ्की, मेशिनरी पर्खाल, व्यवस्थित शौचालयलगायतका संरचना निर्माण गरिने अकला मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

भौतिक संरचना निर्माणका लागि विजेन्द्र थापाको अध्यक्षतामा नौ सदस्यीय उपभोक्ता समिति र कृष्णकान्त अधिकारीको संयोजकत्वमा सात सदस्यीय अनुगमन समिति गठन गरिएको उपभोक्ता समितिका अध्यक्ष तीर्थबहादुर बस्नेतले बताए ।

मन्दिरको कलात्मक पुनर्निर्माण फागुन २६ गतेदेखि चैत २ गतेसम्म सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिएको थियो । उक्त महायज्ञबाट रु ३६ लाख दान सङ्कलन भएको थियो । सो पैसासमेत मन्दिरको पुनर्निर्माणमा खर्च गरिने व्यवस्थापन समितिका अध्यक्ष बस्नेतले बताए ।

प्रदेश सरकार र महायज्ञबाट सङ्कलित आधा करोडभन्दा बढी लगानीमा मन्दिरको भौतिक संरचना निर्माण हुने भएको छ । आगामी असार मसान्तभित्रै रु ४० लाख बराबरको काम गरिसक्न प्रदेश सरकारले आग्रह गरेको समितिले जनाएको छ ।

यस मन्दिर डुम्रे–बेसीशहर सडकखण्ड नजीकै रहेको छ । सडकबाट करीब पाँच मिनेट पैदल यात्रा गर्दै उकालो चढेपछि मन्दिर पुगिन्छ । ३०० वर्ष पुरानो मन्दिर रहेको स्थानीयवासीको दाबी छ । लमजुङसहित छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्की, काठमाडौँलगायतको ठाउँबाट भक्तजन पूजाआजाका लागि आउने गर्दछन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा