यो बर्ष साठी हजार किमी सडक निर्माण सम्पन्न
इन्द्र रिजाल
जेठ १४, २०७६ मंगलबार १३:४५:४७
काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ को फागुनसम्ममा ६० हजार १६२ किलोमिटर सडक निर्माण सम्पन्न गरिएको छ । अघिल्लो वर्ष करीब ३० हजार किमी सडक निर्माण भएकामा यो वर्ष करीब दोब्बर सडक निर्माण भएको हो ।
सङ्घीय संसद्मा प्रस्तुत भएको आर्थिक सर्वेक्षणअनुसार यो वर्ष कालोपत्र, ग्राभेल र ट्र्याक खोल्ने समेत गरेर ६० हजारभन्दा बढी लम्बाइमा सडक निर्माण भएको हो ।
चालू आवको फागुनसम्ममा तीन हजार ९४६ किलोमिटर सडक कालोपत्र गरिएको छ । ग्राभेल सडक १३ हजार १५१ किलोमिटर र कच्ची सडक ४३ हजार ६६ किलोमिटर रहेको सर्वेक्षणमा उल्लेख छ । हुम्ला सदरमुकामबाहेक अरू सबै जिल्ला सदरमुकाम सडक सञ्जालमा जोडिसकेका छन् ।
सरकारले निर्माण गरेका सडकमा कालोपत्र छ दशमलव पाँच प्रतिशत, ग्राभेल २१ दशमलव नौ प्रतिशत र कच्ची सडक निर्माण ७१ दशमलव छ प्रतिशत रहेको छ । स्थानीयस्तरमा निर्माण भएका सडकमा ट्र्याक खुलेको र ग्राभेलभन्दा कालोपत्र कम रहेको छ ।
सुरक्षित र गुणस्तरीय सडकको पहुँचमा अभिवृद्धि गर्न अहिले भएका कच्ची सडकलाई स्तरोन्नति गर्नुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रदेशअनुसार हेर्दा प्रदेश नं ३ मा सबैभन्दा बढी र कर्णाली प्रदेशमा सबैभन्दा कम सडक निर्माण भएको प्रतिवेदनमा उल्लेख छ । यो अवधिमा प्रदेश नं ३ मा २५ दशमलव एक प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा चार दशमलव सात प्रतिशत सडक निर्माण सम्पन्न भएको छ ।
भौगोलिक बनावटअनुसार पहाडी क्षेत्रमा सबैभन्दा बढी र हिमाली क्षेत्रमा कम सडक निर्माण भएको पाइन्छ । पहाडी क्षेत्रमा ५४ दशमलव सात प्रतिशत र हिमाली क्षेत्रमा १३ दशमलव सात प्रतिशत सडक निर्माण गरिएको छ । यो अवधिमा तराईमा ३१ दशमलव छ प्रतिशत सडक निर्माण भएको प्रतिवेदनमा उल्लेख छ ।
गत आवभरमा १३ हजार ७०७ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको थियो । सात हजार २३१ किलोमिटर खण्डस्मित (ग्राभेल) र नौ हजार १५० किलोमिटर ट्र्याक खोलिएको सर्वेक्षणमा उल्लेख छ । फागुनसम्ममा १०९ झोलुङ्गे पुल निर्माण भएका छन् । अहिलेसम्म सरकारले ११८ झोलुङ्गे पुल निर्माण गरेर तुइन विस्थापन गरिसकेको सो सर्वेक्षणमा उल्लेख छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसुक्खा पहिरोले अवरुद्ध करिडोर सञ्चालनमा
फागुन २८, २०८० सोमबार
नेपालगञ्ज–गुलरिया सडक विस्तारको काम एक वर्षमै ५७ प्रतिशत सम्पन्न
फागुन १६, २०८० बुधबार
बेनी-जोमसोम-कोरला सडकको तिप्ल्याङ खण्डका घरटहरा भत्काउन ताकेता
फागुन १३, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार