विद्युत् सेवा अनियमित हुँदा सेवाग्राही मारमा
इन्द्र रिजाल
जेठ १४, २०७६ मंगलबार १६:३८:११
बैतडी । बैतडीमा पछिल्लो समय विद्युत् सेवा अनियमित हुँदा सेवाग्राही मारमा परेका छन् । विद्युत् एकैछिन् आउने र जाने क्रम बढ्दै गएपछि सेवाग्राही मारमा परेका हुन् ।
विद्युत् सेवा अनियमित हुँदा व्यापार व्यवसायमा समेत असर परेको व्यापारीले बताएका छन् । विद्युत्बाट सञ्चालन हुने ग्रिल उद्योगलगायतलाई समस्या भएको छ । विद्युत् सेवा अनियमित हुँदा विद्यार्थीलाई समेत समस्या भएको छ ।
विद्युत् अनियमित हुँदा जिल्ला सञ्चालित रेडियोलाई समेत समस्या भएको छ । बैतडीका व्यवसायी र सञ्चारमाध्यमका सञ्चालकले बेलाबेलामा विद्युत् आउने जाने गर्नाले विद्युत्बाट चल्ने धेरै सामाग्री बिग्रिने गरेको बताएका छन् । बत्ती आउने जाने हुनुका साथै आयो भने पनि कहिले मधुरो आउने गरेकाले थप समस्या भएको छ ।
अनियमित विद्युत् कटौतीले स्वास्थ्य क्षेत्र पनि प्रभावित भएको छ । अनियमित विद्युत् कटौतीले श्रीकोट स्वास्थ्यचौकीमा खोप सेवा प्रभावित हुने गरेको छ । श्रीकोट स्वास्थ्य चौकीका इन्चार्ज वीरसिंह भाटका अनुसार भ्याक्सिन २४सै घण्टा चिसोमा राख्नुपर्ने भए पनि अनियमित विद्युत् कटौतीले खोप सेवा प्रभावित हुने गरेको बताए ।
भार बढेका कारण विद्युत् सेवा अनियमित भइरहेको नेपाल विद्युत् प्राधिकरण बैतडीका वितरण केन्द्रका प्रमुख मोहनदेव जोशीले जानकारी दिए। यस्तै बैतडी र बझाङमा एउटै लाइनबाट विद्युत् प्रवाह हुने भएकाले बेलाबेलामा समस्या आउने गरेको उनले बताए । यसका साथै हावाहुरीलगायतका कारणले पनि विद्युत् सेवा अनियमित भइरहेको वितरण केन्द्र बैतडीले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकस्तो छ आजको मौसम ?
चैत १५, २०८० बिहिबार
महिला ‘गाइड’लाई ‘रेस्क्यू’ सम्बन्धी तालिम
चैत १४, २०८० बुधबार
सुनकोशीमा बेपत्ता तीनमध्ये बालिकाको शव फेला
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार