Advertisement

काठमाडौं । चलचित्र ‘ए मेरो हजुर ४’को प्रदर्शनका लागि निर्देशक झरना थापा र नायिका सुहाना थापा अहिले यूरोप पुगेका छन् ।

डेनमार्कमा चलचित्रको शो आयोजना गरिएको छ, जहाँ दर्शकको बाक्लो उपस्थिती रहेको निर्देशक थापाले जानकारी दिइन् । डेनमार्कमा आयोजित चलचित्रको शोमा नायिका सुहाना थापा पनि उपस्थित थिइन् । डेनमार्कमा रहेका नेपालीमाझ सुहानाको क्रेज राम्रो देखियो ।

Advertisement

 

यूरोप, हङकङपछि झरना र सुहाना अमेरिका पुग्नेछिन् । चलचित्रको प्रदर्शन सम्पन्न भएपछि सुहाना अमेरिकामा नै बस्नेछिन् । झरना अहिले नयाँ चलचित्र कुन बनाउने भन्ने दोधारमा छिन् ।

‘ए मेरो हजुर ४’ र ‘भागवत गीता’मध्ये एउटा बनाउने तयारी उनको छ । सुहानाको मन भने ‘भागवत गीता’मा बढी छ । झरनाले चलचित्रको विशेष शो सकेर नेपाल फर्किएपछि चलचित्रको निर्माण घोषणा गर्ने बताएकी छिन् ।

Advertisement