fbpx

कुमारी बैंकको एटीएम सगरमाथाको फेदमा



नेपालबहस संवाददाता
 



एटीएम

काठमाडौं । कुमारी बैंक लिमिटेडले सर्वोच्च शिखर सगरमाथा आरोही, त्यस क्षेत्रका पर्यटक तथा स्थानीयको दैनिक आर्थिक कारोबार सहजीकरण गर्ने उद्देश्यले सगरमाथाको फेद, सोलुखुम्बुको दिङ्गबोचेमा एटीएम सेवा संचालन गरेको छ ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका–४, दिङ्गबोचे, सोलुखुम्बुस्थित ४,४१० मिटर उचाईमा अवस्थित उक्त एटीएम देशकै सबैभन्दा उचाईमा रहेको एटीएम हो । उक्त एटीएमको उद्घाटन बैंकका नायब महाप्रबन्धक मनिष तिमिल्सिना तथा त्यस क्षेत्रका समाजसेवी फु ताशी शेर्पाले संयुक्त रुपमा गरेका छन् ।

खुम्बु क्षेत्रका पदमार्गी पर्यटक लगायत स्थानीय बासिन्दालाई नगद बोकेर हिड्ँने झन्झटबाट मुक्ति दिलाउदै कुमारी बैंक देशकै सबैैभन्दा उच्च स्थानमा एटीएम राख्ने पहिलो बैंक बन्न सफल भएको छ ।

हालसम्म कुमारी बैंकले देशभर रहेका ९० शाखा सञ्जाल, ८४ एटीएम, ३ एक्टेन्शन काउन्टर लगायत ३ वटा शाखारहित ईकाईमार्फत अत्याधुनिक बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ ।


सम्बन्धित समाचार