सुमार्गीको रकम तत्काल फुकुवा नगर्न आदेश
इन्द्र रिजाल
जेठ १४, २०७६ बुधबार २:४३:५
काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गीको विदेशबाट आएको रकम तत्काल फुकुवा नगर्न परमादेश जारी गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश वमकुमार श्रेष्ठको संयुक्त इजलासले आज सुमार्गीको विदेशबाट आएको रकम तत्काल फुकुवा नगर्न परमादेश जारी गरेको हो ।
आदेशमा भनिएको छ, “निवेदकको कम्पनीका नाममा बैंक खातामा रहेको रकम कानूनबमोजिम रोका रहेकाले फुकुवा गर्नुपर्ने अवस्था देखिएन ।” आदेशसँगै रिट निवेदनसमेत खारेज गरिएको छ । व्यवसायी सुमार्गीले मुक्तिश्री सिमेन्ट इण्डस्ट्रिजका नाममा ल्याएको ७५ मिलियन अमेरिकी डलर ‘करीब रु ८० करोड’ राष्ट्र बैंकले रोक्का गरेको थियो । सो रकम अदालतले तत्काल फुकुवा नगर्ने भनेको हो ।
सर्वोच्चले सो रकमको स्रोत खुलाउनुपर्ने उल्लेख गर्दै आदेशमा भनिएको छ, “निवेदकको नाउँको खाताको रकम के कुन स्रोतबाट आएको हो, सम्पत्ति शुद्धीकरण ऐन उल्लङ्घन गरी आएको हो वा होइन रु सम्बन्धित निकायबाट कारवाही गर्नुपर्ने हो वा होइन, सो सम्बन्धमा यकिन निर्णय गर्नु ।”
सर्वोच्चले सुमार्गीको नाममा सुमार्गीकै विदेशमा रहेको खाताबाट रकम आएको राष्ट्र बैंकको पत्रबाट देखिँदा त्यस्तो रकमको वैधताका विषयमा समेत जाँचबुझ गरी छ महीनाभित्र यकिन निर्णय लिनु भनेको छ । आदेशमा सो विषयमा कारवाहीको अन्तिम टुङ्गो नलागेसम्म प्रत्येक महीना प्रगति विवरण सर्वोच्च अदालतअन्तर्गत फैसला कार्यान्वयन निर्देशानालयमा पठाउन भनिएको छ ।
यसअघि, तत्कालीन न्यायाधीश दीपकराज जोशीले गत पुसमा सुमार्गीको रकम तत्काल नरोक्न अन्तरिम आदेश दिएको थियो । त्यसपछि प्रधानन्यायाधीश जबरा र डा आनन्दमोहन भट्टराईको इजलासले अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि सुमार्गीको रकम रोक्का भएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपहाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
नन्दकिशोरका दुई पुत्रको सुन र सहकारीमा कसुर नै कसुर
चैत ९, २०८० शुक्रबार
सीआईबीले लिएको दुइदिने बयानमा महराद्वारा आरोप अस्वीकार
चैत ८, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार