रविन्द्रको ट्वीट : अब हेर्नु छ ६ करोडको बजेट !
इन्द्र रिजाल
जेठ १५, २०७६ बिहिबार ५:०:४०
काठमाडौं । सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रत्येक सांसदलाई ६ करोड बजेट दिने भएको छ ।
बुधबार संघीय संसद्मा बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले सांसदलाई दिइने निर्वाचन क्षेत्रको बजेट ६ करोड पुराएको हो। गत वर्ष उक्त कार्यक्रमअन्तर्गत संघीय संसद्का सदस्यहरुले ४ करोड पाएका थिए ।
सांसदलाई ६ करोड बाडेको देखेर सामाजिक सञ्जालमा ट्वीटमा साझा विवेकशिल पार्टीका रविन्द्र मिश्रले अब हेर्नु छ को सांसदले सांसदलाई बाँडिन लागेको रू छ करोडको बजेट अश्विकार र कसले स्विकार गर्छन्। भनेर ट्वीट गरेका छन् ।
त्यसैका आधारमा सांसदहरुको इमानदारी मापन गरे हुन्छ।नीतिगत भ्रष्टाचारको यो विशिष्ट नमूना हो। साझा पार्टीले त्यसको विरोध गर्दै आफ्नो प्रदेशसभाका सांसदले सो रकम अश्विकार गर्ने बताइसकेको छ।
बृद्धभत्ता बढाएर रू ३ हजार पुर्याउनु स्वागतयोग्य तर सो भत्ता एउटा मापदण्ड तोकेर आवश्यक नपर्ने परिवारलाई नदिने गरिदिएको भए बेसाहारा र न्यून आय भएकाहरूले अझ बढी पाउन सक्थे।
सार्वजनिक शिक्षाको हाल बेहाल भएको देशमा शिक्षाका लागि छुट्याइको रकम ९कूल बजेटको १०५० अत्यन्त निराशाजनक र आफ्नै चुनावी घोषणापत्रमा उल्लेख गरिएभन्दा आधा कम। सार्वजनिक शिक्षालाई प्राथमिकतामा नराखि दिगो विकास संभव नै छैन। गुणस्तरिय सार्वजनिक शिक्षा दिगो विकासको विउ हो।
सडक निर्माणको गुणस्तरलाई प्राथमिकतामा नराख्ने हो भने सडक मर्मतका लागि पेट्रोलियम पदार्थमा लगाइने थप रू १ को कर बालुवामा पानी हाले सरह हुनसक्छ। हाल जति मर्मत गरे पनि केही हप्तामैँ मर्मत भत्किने अवस्था छ। तैपनि रू १ को करलाई स्वागतयोग्य भन्नु पर्छ। प्रभावकारीरूपमा उपयोग होस्।
सरकारले बजारभाउ नियन्त्रण गर्न तुरून्तै कदम चालोस्। विगतमा कर्मचारीको तलबबृद्धि सँगसँगै बजारभाउ बढ्ने गरेको अनुभव छ। वास्तवमा बजारभाउ नियन्त्रणको सुनिश्तता कर्मचारीको तलब बढ्नु अगाबै गर्नु पर्थ्यो। बजारभाउ नियन्त्रण नभएमा तलबबृद्धिले कर्मचारीको जीवनमा तात्विक अन्तर पार्ने छैन।
विशिष्ट अनुभव संगालेका विज्ञ अर्थमन्त्री भए पनि बजेट फेरी पुरानै वितरणमुखी र कनिका छराई प्रवृतिको निरन्तरताका रूपमा आएको छ। बजेटले स्थिर र शक्तिशाली सरकारले लिनसक्ने महत्वाकांक्षी नीतिगत मोड लिएको देखिँदैन।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार