युरोपा लिग फुटबलको उपाधि चेल्सीलाई [फोटोफिचर]
इन्द्र रिजाल
जेठ १६, २०७६ बिहिबार १३:४९:३७
एजेन्सी । इन्ग्लिश क्लब चेल्सीले युरोपा लिग फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा आर्सनललाई ४-१ गोल अन्तरले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो ।
अजरबैजानमा भएको फाइनलमा चेल्सीलाई उपाधि दिलाउन इडेन हजार्ड नायक बने । सम्भवत चेल्सीबाट अन्तिम खेल खेलेका हजार्डले २ गोल गरे । ७ वर्ष चेल्सीमा बिताएका हजार्डले सिजनको अन्त्यसंगै क्लब छाड्दै छन् । हजार्ड स्पेनिस क्लब रियल मड्रिड जाने सम्भावना रहेको छ ।
यस्तै ओलिभर जेरुड र पेड्रो रोड्रीगेजले एक एक गोल गरे । आर्सनलका एलेक्स इओबीले एक गोल फर्काए । बाकी ओलम्पिक स्टेडियममा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा चेल्सीले ४ गोल गर्दै उपाधि चुमेको हो । खेलको ४९ औं मिनेटमा जेरुडको गोलबाट चेल्सीले सुरुवाती अग्रता बनाएको थियो ।
खेलको ६० औं मिनेटमा पेड्रोले चेल्सीको अग्रता दोब्बर बनाए । ६५ औं मिनेटमा हजार्डले पेनाल्टीमा गोल गर्दै चेल्सीको अग्रता ३-० को बनाए ।
६९ औं मिनेटमा इओबीले गोल गर्दा आर्सनलले खेल ३-१ को स्थितिमा ल्यायो । तर, ७२ औं मिनेटमा हजार्डले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ४-१ को जित दिलाए ।
योसंगै चेल्सीले तेस्रो पटक युरोपा लिगको उपाधि हात पारेको छ । क्लब फुटबलको दोस्रो प्रतिष्ठित प्रतियोगिता मानिने युरोपा लिगमा यसअघि चेल्सीले सन् २०१२ र १३ को सिजन जितेको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने
बैशाख १३, २०८१ बिहिबार
रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
महेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार