रंगशाला : धुर्मुस दाई दुखि नहुनुस, हामी छौं तपाईको साथमा !
इन्द्र रिजाल
जेठ १६, २०७६ बिहिबार १७:३२:३७
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको टिनको बार बुधबार स्थानीयले भत्काएपछि सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरुले आ आफ्नो विचार व्यक्त गरेका छन् ।
हिजो बिहान रंगशाला निर्माणस्थलको तारबार, जस्तापाताको बार लगायतका संरचनामा केही व्यक्तिहरुले डोजर लगाएपछि निराश देखिएका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले सुरक्षाको प्रत्याभूति नभएसम्म परियोजनाको काम अगाडि नबढाइने बताएका छन् ।
देशका लागि केही गर्नुपर्छ भनी आफ्नै देशमा क्रिकेट मैदान बनाई देशलाई संसार भर चिनाउने प्रयास गरि देश विदेशबाट सहयोग प्राप्त गर्दै निर्माण हुँदै गरेको रंगशालामा डोजर लगाएर भत्काएपछि सामाजिक सञ्जाल विभिन्न व्यक्तिले विचारहरु व्यक्त गरेका छन् ।
यस्ता छन्, सामाजिक सञ्जालमा व्यक्त गरिएका विचारहरु जस्ताको तेस्कै :
देवेन्द्र गैरे : कैदी अन्र्तराष्ट्रिय क्रिकेट रंगशालामा मच्चाइएको ताण्डवको भित्रि कुरा: विश्वविद्यालयबाट जग्गा प्राप्त भैसकेपछि धुर्मस सुन्तली फाउण्डेशनले २० विगाहा ६ कठ्ठा जग्गामा जस्ताको बार लगाउने प्रकृया अघि बढायो, तीन साइट तिर वार लगायो, तर पश्चिम तर्फ त्यहाँका स्थानीयले बार लगाउन दिएनन् ।
त्यहाँ एउटा सानो बाटो छ करीव ७ मिटरको । ति स्थानीयको माग थियो, यो वाटो ३१ मिटर फराकिलो पार्नुपर्दछ । तर उनीहरु एक टुक्रा जमिन छाड्न तयार छैनन् बाटोका लागि । विश्वविद्यालयले रंगशाला बनाउन दिएको जग्गामा नै थप २४ मिटर बाटो थप्नुपर्ने । त्यो बाटोको जग्गा धुर्मसले दिनुपर्ने । यसरी बाटो छाड्दा स्टेडियम नबन्ने अवस्था आउँछ ।
किनकी विश्वविद्यालयले दिएको जग्गाको चौडाइ जम्मा २५० मिटर छ । रंगशालाको मैदानको डायमिटर नै १८० मिटर हुन्छ । त्यस बाहिर केही स्पेस दिएर प्याराफिट उठाउनुपर्दछ । यसो गर्दा यति धेरै जग्गा छाड्न सक्ने अवस्था छैन । तर, करीव १० मिटर जग्गा छाड्ने कुरा फाउण्डेशनका अध्यक्ष सिताराम सरले गर्नुभएको थियो । अहिले भएको ७ मिटर, फाउण्डेशलने छाड्ने १० मिटर र स्थानीयले करीव ३ मिटर जग्गा छाड्दा करीव २० मिटरको बाटो बन्न सक्ने अवस्था थियो । अहिले त्यो बाटो जम्मा ४ सय मिटर मात्रैं लामो छ ।
रामपुर रोडमा छोएको छैन । फाउण्डेशनका अध्यक्ष सिताराम सरले चार दिन अघि त्यहाँ स्थानीय टाठाबाठासँग छलफल गरेर रंगशालाका लागि बाटो चाहिने भएकोले बाटो खुल्ने भन्दै ढुक्क हुन आग्रह गर्नुभएको थियो । तर तत्कालका लागि सामानको सुरक्षा गर्न विश्वविद्यालयले तारबार गरेको ठाँउमा नै जस्ता लगाउन दिनुस् भनेर अनुरोध गरेपछि त्यहाँका स्थानीयले पनि सहमती दिएका थिए र हिजोबाट त्यो काम सुरु भएको थियो । तर, आज अचानक विहानै डोजर लिएर बार भत्काएर कुन बहादुरी देखाएको ? रंगशाला बनाउन शून्य योगदान गर्नेहरुको जग्गा १० लाख कठ्ठाबाट १ करोड पुगेको छ । कसका कारण ? रंगशालाका कारणले होटल र पसल मालामाल चल्दैछ । यतिको मान्छेको भिडभाड कहिल्यै त्यो ठाँउमा देखिएको थिएन । चरो मुसो अत्तोपत्तो हुदैनथ्यो । स्याल कराउँथ्यो, गैडा आएर हान्थ्यो । अतिकति पनि हिनताबोध छैन रु अलिकति पनि लज्जावोध हुँदैन रु कहाँ हो कहाँबाट आएका कर्मचारीहरुलाई धम्काउने ? पख्लास् भन्ने ? के खाएका छन् उनीहरुले तिम्रो ? तिम्रो ठाँउ बनाउँदा आउँदा डराउनुपर्ने ? यसले चितवनवासीकै बदनाम गराएको छ ।
ईश्वर शाही ठकुरी : चितावन मा भेडा पनि बस्छन भन्ने त पहिले को स्थानिय चुनावमा थाहा पाएको थिए १ सुगुंरपनि बस्दारहेछन रंगाशालाको कम्पाऊन्ड उदिनी हालेछन !!!
Suresh Timalsina : आदरणीय Sitaram Kattel धुर्मुस दाइ तपाइको आखा बाट आँसु झर्न कदापी सुहाउदैन ।
सहयोगी हरुको मनमा डोजर लगाइयो , आशाका किरणमा डोजर लगाइयो , सारा नेपालीलाई हसाउने धुर्मुस सुन्तलीको मनमा डोजर लगाइयो , सफलतालाई असफल तुल्याउन डोजर लगाइयो , हिजो घडा थापेर स्वागत गर्नेहरु आज रमिते बने , 17,18 बर्षको उमेरमा नै नेपालको तर्फबाट पहिलो आइपिएल खेल्ने सन्दिप लामिछाने , नेपाल र पाकिस्तानको फुटबल खेलमा 90 मिनेटको अबधी सम्म एक गोलले हार बेहोरी रहेको नेपाललाइ 91 मिनेटमा आएर एक गोल हान्दै खेल बराबरिमा पुर्याउने बिमल घर्ती मगर , खेल सुरु भएको करिब 25-30 सेकेन्ड नबित्दै गोल गर्ने साबित्रा भण्डारी , ओडियाइ म्याचमा सतक संगै 115 रन हान्ने पारस खड्का लगायतका खेलाडिलाइ खै खेल्ने उचित वातावरण ? म्याट ओछ्याइएको पिच , घरको पर्खालको बाउण्ड्रि , पर्खालमा कालो पोतिएको साइड स्क्रिन , भुइँमा इट्टाले अड्याइएको स्कोरबोर्ड , इत्यादिले क्रीकेट खेलाडीको जिवनमा मेल खान सक्छ ? यस्ता समस्यालाइ समाधान गर्न लागिपरेका आदरणीय धुर्मुस दाइ र सुन्तली भाउजुको यो प्रयत्नलाई किन कमजोर बनाउन लागिपर्दै छन केही समूह ? भख्खरै पढे अनलाइन खबरले हालेको एउटा न्युज , चितवनको भरतपुरमा निर्माणधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशालामा केही समुहले डोजर लगाएर करिब 1 किलोमीटर बार भत्काइदिएछन , यो कहाँ सम्मको परम्परा हो ? अझै पनि किन मानिसमा चेतना फैलिन सकेको छैन ? त काम गर्दै जा म पछाडी बाट त्यो काम बिगार्दै जान्छु भन्ने सोचको अन्त कहिले हुन्छ ? हो हरेक काम गर्दा केही न केही बाधा आउँछ तर दाइ र भाउजु आफ्नो कामलाइ निरन्तरता दिनुस , केही बिरोधि निस्कदैमा , केहिले आलोचना गर्दैमा , केहिले भत्काउदैमा , केहिले भत्काउन लगाउदैमा , केहिले उचाल्दैमा , केहिले पछार्दैमा यो अभियान असफल अवश्य हुने छैन किनकी म एउटा खेतको गरामा उ त्यो पाँच काल्ला माथीको गरामा उडेर गयो भने छ्क्का अनि गुडेर गयो भने चौका भन्दै एउटा काठको ब्याटले बीस तीस रुपैया पर्ने प्लास्टिकको बलले क्रीकेट खेल्दैमा म एउटा असल खेलाडी बन्न सक्दिन , धुर्मुस सुन्तली सबैका बिश्वश्निय पात्र हुन , हाम्रो साथ भौतिक , आर्थिक , सामाजिक रुपमा निरन्तर रहिरहनेछ वस तपाइहरुले कदापी हार नमान्नुस ।
यसैबिच, प्रदेश नं ३ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले चितवनको निर्माणाधीन रङ्गशालाको कम्पाउन्ड भत्काउनेलाई कारवाही गरिनुपर्ने बताएका छन् ।
गणतन्त्र दिवसको अवसरमा पारेर मानव सेवा आश्रममा बिहीबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री लामाले पवित्र उद्देश्यसहित निर्माण प्रारम्भ भएको रङ्गशाला भत्काउने व्यक्ति सच्चा देशभक्त हुन नसक्ने धारणा राखे ।
चितवनको घटनापछि धुर्मुस–सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसको प्रतिक्रिया हेरेर आफू भावुक भएको भन्दै ऊर्जाशील व्यक्तित्वको मन दुखाएर विकास रोकेर समाजलाई कस्तो सन्देश दिन खोजिएको हो रु उनले प्रश्न गरे।
तीन दिनसम्म मनाइएको गणतन्त्र दिवसको आज तेस्रो दिन आश्रमका १५० आश्रितलाई फलफूल वितरण गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले गणतन्त्र प्राप्तिमा योगदान दिनेहरुको कदर गरिनुपर्ने बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार