राष्ट्रपतिदेखि सांसदसम्मकाको तलब कति ?
इन्द्र रिजाल
जेठ १६, २०७६ शुक्रबार २:२४:२२
काठमाडौं । आगामी आर्थिक २०७६/७७ का लागि अर्थमन्त्री युवराज खतिवडाले सरकारी कर्मचारीको तलब बढाएसँगै राष्ट्रपतिदेखि सांसदसम्मका राजनीतिक पदमा आसिन व्यक्तिको समेत तलब बढेको छ ।
बुधबार खतिवडाले राजपत्रांकितको १८ र राजपत्रअनंकित कर्मचारीको २० प्रतिशत तलब बढेसँगै राजनीतिक पदमा रहेका पदाधिकारीको समेत तलब बढ्ने भएको हो ।
तलब वृद्धि भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारी तलबमा २७ हजारले बढेर १ लाख ७७ हजार ५ सय ३१ रुपैयाँ पुगेको छ । हाल राष्ट्रपतिको तलब १ लाख ५० हजार ४ सय ५० रुपैयाँ छ । उपराष्ट्रपति नन्दबहादुर पुनको तलब १९ हजार ४ सय ४५ रुपैयाँ ले १ लाख २७ हजार ४ सय ७५ रुपैयाँ पुगेको छ ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको तलब ९१ हजार १ सय ९० रुपैयाँ, सभामुख कृष्णबहादुर महराको तलब ७९ हजार ४ सय ३८ रुपैयाँ पुगेको छ ।
उपप्रधानन्त्रीको तलब ७६ हजार ९ सय ३६ र मन्त्रीको ७१ हजार ९ सय ४५ रुपैयाँ पुगेको छ । सांसदको तलब ६५ हजार १ सय ७१ रुपैयाँ पुगेको छ । हाल सांसदको तलब ५५ हजार दुई सय ३० रुपैयाँ छ ।
१८ प्रतिशतका दरले बढ्दा ९ हजार ९ सय ४१ रुपैयाँ थपिएको हो । बढेको तलब साउन महिनादेखि लागू हुनेछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपविपिन जोशीको रिहाईको पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेल र कतारी राजाबीच भेटवार्ता, साझा मुद्दामा सहकार्य गर्न कतारलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार