भाउ कुर्दै इलामका अलैँची किसान
इन्द्र रिजाल
जेठ १७, २०७६ शुक्रबार २०:२१:४४
फिक्कल । इलाम देउमाई नगरपालिका–२ का किसान घनश्याम खतिवडाले गत असोजमा उत्पादन भएको अलैँची बेचेका छैनन । करीव चार मन अलैँची उत्पादन गरेका उनले भाउ बढ्ने आशामा अलैँची नबेचेका हुन् । अलैँची रोप्दाको समयमा पाँच वर्ष अघि प्रतिमन अलैँचीको मूल्य करीव एक लाख रुपैयाँ थियो ।
“के के न होला भनेर लगाइएको अलैँची ऐले भाउ नभएरै मा¥यो,” उनले भने । हुन त हाल पनि अलैँचीको भाउ नभएको भने हैन । तर पहिलाको तुलनामा एक चौथाइ पनि भाउ छैन । दैनिक भाउ ओरालो लागिरहेकाले गर्दा उनलाई चिन्ता छ । घरमै राख्दा पनि अलैँचीको तौल घटिरहने भएकाले पनि थप चिन्ता लागेको उनी बताउछन् ।
पहिले एक मन अलैँची बेच्दा एक वर्ष भन्दा बढी समयका लागि चामल र परिवारका लागि कपडा किनेर पनि पैसा उब्रिने गरेको किसान खतिवडाले सुनाए । अहिले भने एक मन अलैँचीले एक महिनाको परिवारको खर्च पनि चल्न मुश्किल छ ।
माइजोगमाई गाउँपालिकाका अलैँची ब्यापारी मोहन पोख्रेलले पनि दुई वर्ष अघिदेखि खरिद गरेको अलैँची बेचेका छैनन । अलिक भाउ बढ्ला र अलैँची बेचौँला भन्ने आशामा रहेका उनले भाउ बढेको हैन घट्दै गएको मात्र खबर सुन्ने गरेका छन् । “अब त भाउ बढ्ला कि भन्यो झन् झन् भाउ घटेको मात्र सुनाउँछन्,” उनले भने ।
उनीहरु जस्ता धेरैले अलैँची बेचेका छैनन । कारण हो कम भाउ । अलैँचीको भाउ झर्दा जिल्लाका धेरै किसान र ब्यापारीहरु अलैँची बेच्न सकिरहका छैनन् ।
इलामसहित पूर्वी पहाडी जिल्लामा उत्पादन हुने अलैँचीको मूल्यमा निरन्तर कमी आएसँगै यहाँका किसान तथा ब्यापारीहरुमा निराशाा पैदा भएको छ । उत्पादनमा वृद्धि हुनु र भारतको एकाधिकारयुक्त बजार भएका कारण वर्षैभरि मूल्यमा कमी आएका हो ।
पाँच वर्ष अघि प्रतिमन एक लाख ४० हजार रुपैयाँ मूल्यसम्ममा बिक्री भएको अलैँची अहिले २२ देखि २८ हजार प्रतिमन खरिद बिक्री भइरहेको छ । दैनिक जसो नै भाउ घटबढ भइरहेको हुन्छ ।
जिल्लाको मुख्य नगदे बालीको रुपमा रहेको अलैँचीको अहिलेको मूल्य १० वर्ष यताकै कम भएको ब्यापारीहरु बताउँछन् । बा¥है महिना अलैँची खरिद बिक्री भइरहे पनि अलैँची कारोबार हुने अन्तिम समयका रुपमा चैत्र महिनालाई लिइन्छ । यस यामसम्ममा पनि अलैँचीको भाउ ओरालो लाग्ने क्रम नरोकिएपछि किसानहरु हतास भएका हुन् ।
यस यामको शुरुमा पनि प्रतिमन अलैँचीको मूल्य ३२ हजार रुपैयाँ थियो । भाउ बढ्छ भन्ने आशाले घरमै थन्क्याइएको अलैँचीको मूल्य निरन्तर घटी मात्रै रहेको माइजोगमाईका ब्यापारी मोहन पोख्रेलले बताए । गत वर्ष उत्पादन भएको अलैँची किसानले घरमै थन्क्याएर राखेका छन् । ब्यापारीहरुले खरिद गरेको अलैँची पनि गोदाममै थन्क्याइएका छन् ।
यस वर्षको शुरुमा पनि ब्यापारीहरुले प्रतिमन ३२ हजार रुपैयाँसम्मले खरिद गरेको अलैँची भाउ बढ्ने आशाले अहिलेसम्म गोदाममै थन्क्याएर राखिराखेको अलैँची व्यवसायी महासङ्घका केन्द्रीय सचिव मात्रिका घिमिरेले बताए ।देउमाई नगरपालिकास्थित मंगलबारे बजारका ब्यापारी घिमिलेले उत्पादन बढ्दै जाँदा भाउ घट्नु स्वाभाविक नै रहेको बताए ।
उनले महङ्गो मूल्यमा खरिद गरेको अलैँची भाउ घटेपछि बेच्न नसकेको बताए । अलैँची असार अन्त्य अन्त्यतिरदेखि बजारमा आउन थाल्छ । औल क्षेत्रमा छिटो र लेक क्षेत्रमा मङ्सिर महिनासम्ममा मात्र अलैँची सुकाएर तयार पार्ने हुन्छ । अलैँची कारोबार हुने मुख्य याम असोज र कात्तिक हो ।
ती महिनामा भाउ नबढेपछि भाउ बढ्ने आशामा घरमै थन्काएर राखिएका अलैँची यामको अन्तिम समयसम्म पनि भाउ ओरालो लाग्ने क्रम नरोकिएपछि कम मूल्यमै बेच्नु पर्ने बाध्यता आइलागेको किसानहरु बताउँछन् ।
विगतका वर्षहरुमा अलैँचीमा विभिन्न खालका प्रकोपको सामना गरेका अलैँची किसान अहिले आएर प्रकोपको मात्रा हटे पनि मूल्य बर्षेनी ओरालो लाग्दै जाँदा घाटा खानुपर्ने स्थिति आएको बताउँछन् ।
नेपालमा उत्पादित अलैँचीको मुख्य बजार भारत हो । तर, नेपाल र भारत दुबै देशमा अलैँचीको आन्तरिक उत्पादन बढेपछि यसको मूल्यमा गिरावट आउने क्रम नरोकिएको अलैँची ब्यबसायी बताउँछन् ।
अलैँची विशेष गरी मसला, जडीबुटी तथा औषधिका रूपमा प्रयोग हुने गरेको पाइएको छ । जिल्लाका १० स्थानीय तहमा व्यावसायिक रूपमा अलैँची खेती हुँदै आएको छ । भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमीनमा उत्पादन हुने अलैँची हाल जिल्लामा एक हजार ६०० हेक्टर जग्गामा खेती हुने गरेको अलैँची विकास केन्द्र फिक्कलको तथ्याङ्क छ ।
अलैँची बढी उत्पादन भएपछि भाउ घटेको विज्ञको भनाइ छ । चाहिँदो जति अलैँची भारतका विभिन्न भूभागमै उत्पादन हुनु, अलैँचीमा नक्कली अलैँची ‘चुरुम्फो’ मिसाइनु लगायतका कारण पनि यस्तो समस्या आएको ब्यापारीहरु बताउँछन् ।
अलैँची प्रशोधन गर्ने उद्योग नेपालमा नै नभएका कारण पनि बजारका लागि भारत मै निर्भर रहनुपरेको हो । यसको विकल्प नखोजिँदासम्म यस्तो समस्या रहिरहने छ ।
अलैँची व्यवसायी महासङ्घका केन्द्रीय सचिव घिमिलेले गएको वर्ष ७ अर्ब रुपैयाँभन्दा माथिको अलैँची निर्यात भएको बताए । उनका अनुसार त्यस अगाडि पाँच अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो । यस वर्ष भाउ घटेपनि अलैँची निर्यात भएर आउने रकम भने नघट्ने उनको भनाइ छ ।
भारत भन्दा बङ्गलादेश, दुबई, कतार लगायतका देशमा पनि अलैँची निर्यात गर्न सकिने तर, ब्यापारीको मात्रको प्रयासले त्यो प्रयास सम्भव नहुने बताइन्छ । महासङ्घका सचिव घिमिरेले आफूहरु विभिन्न देशको भ्रमण सकेर आएको जानकारी दिँँदै सरकारका तर्फबाट कूटनीतिक प्रयास जरुरी रहेको औँल्याए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपचीनबाट आयात गरिएको रासायनिक मल काठमाडौं ढुवानी
बैशाख ७, २०८१ शुक्रबार
हलगोरु पाल्ने किसानलाई अनुदान दिने
बैशाख ३, २०८१ सोमबार
दुग्ध किसानको ४८ करोड भुक्तानी बाँकी
चैत २९, २०८० बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार