आज दरबार हत्याकाण्डकाे १८ वर्ष पूरा, अनुसन्धान अझै गुपचुप !
इन्द्र रिजाल
जेठ १९, २०७६ आइतबार १६:१५:५६
काठमाडौं । आज जेठ १९ गते,दरबार हत्याकाण्ड भएको १८ वर्ष पूरा भएको छ । तत्कालीन नारायणहिटी राजदरबारमा भएको पारिवारिक भोजका क्रममा रातको सवा नौ बजे अकस्मात गोली चल्दा तत्कालीन राजा वीरेन्द्रसहित उनको १० जनाको परिवारको हत्या भएको थियो । २०५८ जेठ १९ गते राति नारायणहिटीमा गोली चलेपछि तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्रलगायतको हत्या भएको थियो ।
त्यसबेला सरकारले बनाएको छानिबन समितिले युवराज दीपेन्द्रले नै गोली चलाएको बताए पनि जनता भने आजसम्म पनि विश्वस्त हुन सकेका छैनन् । दरबार हत्याकाण्डलाई जोडेर विभिन्न पुस्तक सार्वजनिक भएपनि अहिलेसम्म हत्या कसले र किन गरेको भन्ने विवरण सार्वजनिक हुन सकेको छैन ।
राजपरिवारका १० सदस्यले ज्यान गुमाउनुपरेको त्यो घटना हुनुमा पर्दाअगाडि र पछाडि ककस्को भूमिका थियो रु कस्को उक्साहटमा तत्कालीन युवराज दीपेन्द्र आफ्नै परिवारमाथि गोली प्रहार गर्ने निचोडमा पुगे ? दीपेन्द्रले आत्महत्या गरेकै हुन् त ? दीपेन्द्रको मानसिक स्वास्थ्यको अवस्था कस्तो थियो ?
फायरिङ चल्दा त्यहाँ उपस्थित अङ्गरक्षक सैनिकहरूले नियन्त्रणको प्रयास किन गरेनन् ? लगायतका जिज्ञाशा अझै ज्यूँका त्यूँ छन् । पूर्वप्रधानमन्त्रीहरूले हत्याकाण्डको रहस्यका बारेमा पुनः अनुसन्धान गर्ने घोषणा गरेका भए पनि अनुसन्धानको फाइल खोल्ने प्रयास कसैबाट हुनसकेको छैन ।
घटना छानबिन गर्न गठित समितिको निचोडप्रति इतिहासका प्राध्यापक पनि विश्वस्त हुन सकेका छैनन् । त्यसैले उनीहरूले यस घटनालाई ‘रहस्यमय’ विश्लेषण र अध्यापन गर्दै आएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
मधेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ
बैशाख ६, २०८१ बिहिबार
अनमोलको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक
बैशाख ६, २०८१ बिहिबार
सांसद डा. शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
बैशाख ६, २०८१ बिहिबार
काठमाडौं महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड
बैशाख ६, २०८१ बिहिबार
किन सुकाइयो पिम्बहाल पोखरी ? [ फोटोफिचर ]
बैशाख ६, २०८१ बिहिबार
प्रधानन्यायाधीशले महालेखापरीक्षक रायालाई गराए शपथ
बैशाख ६, २०८१ बिहिबार