दशैँसम्म मनसुन लम्बिने
Advertisement

काठमाडौं । देशभर आइतबार आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्व नेपालमा बिहानैदेखि पूर्ण बदलीको अवस्था रहेको मौसमविद समिर श्रेष्ठले जानकारी दिए । यस्तै मध्य र पश्चिमका पहाडी क्षेत्रको मौसम पनि बदली भएको छ । पश्चिम तराईमा भने मौसम सफा रहेको जनाइएको छ । तर दिउँसोपछि बदली हुने सम्भावना छ ।

पूर्वी नेपालको तराई तथा चुरे क्षेत्रमा पानी पर्ने खालको बादल रहेकाले वर्षा हुने सम्भावना छ । यस्तै अपराहन्नपछि मध्य र पश्चिमका पहाडी क्षेत्रमा पनि मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद श्रेष्ठले बताए ।

Advertisement

हावाहुरी चल्ने सम्भावना पनि रहेको विभागले जनाएको छ । काठमाडौं उपत्यकासहितका क्षेत्रमा पनि आंशिक बदलीको अवस्था रहेको छ । शनिबार साँझ काठमाडौं उपत्यकासहितका क्षेत्रमा केहीबेर ठूलो पानी परेको थियो ।

Advertisement