दुई दिनदेखि दार्चुला अन्धकारमा
इन्द्र रिजाल
जेठ १९, २०७६ आइतबार १९:३:३
दार्चुला । विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा दार्चुलालाई जोडिएपछि विद्युत् अनियमित भएको छ । चमेलियाबाट ल्याइएको ११ केभी क्षमताको प्रसारण लाइन गत जेठ १ गतेबाट जोडिएसँगै जिल्लामा विद्युत् अनियमित भएको हो ।
गर्मीको समयमा दुई दिनदेखि बत्ती नआउँदा स्थानीयवासी समस्यामा परेका छन् । नेपालको राष्ट्रिय प्रसारण लाइन अवरुद्ध भएको दुई दिनसम्म मर्मत गर्न नसक्दा पूरै जिल्ला अन्धकारमा छ । भारतबाट आयात गरिएको ८०० किलोवाट विद्युत् कटौती गरिएपछि जिल्लावासी झन् समस्यामा परेको हो ।
प्राधिकरणका कर्मचारी मीनराज पन्तका अनुसार विद्युत् सुचारु गर्न कर्मचारी पठाइएको भए पनि सामान टुटफुट हुँदा अझै समय लाग्ने बताए ।
शैल्यशिखर नगरपालिकाको वडा नं ६ ग्वानीमा विद्युत्को फल्ट पत्ता लागेको छ । अन्य क्षेत्रमा कस्तो छ भन्ने त्यस क्षेत्रमा लाइन चार्ज गरे मात्रै थाहा हुन्छ, उनले भने ।
बजारमा बत्ती नहुँदा स्थानीयवासी भने भारतीय बजारमा गएर मोबाइल चार्ज गर्न जान थालेका छन् । धारचुलाका चिनेका आफन्त र व्यापारीकहाँ गएर मोबाइल चार्ज गर्नुपरेको खलङ्गाका स्थानीयवासी मङ्गलसिंह ह्याकीले बताए ।
शनिबार पानी परेर गर्मीको अनुभव भएन । आज पनि बत्ती आएन भने त यस्तो गर्मीमा कसरी बस्ने । बत्ती नहुँदा अस्पतालका बिरामीसमेत मार्कामा छन् ।
जिल्लाका सञ्चारमाध्यम रातिको समयमा बन्द हुने गरेका छन् । विद्युत्बाट चल्ने बजारका पसलको कामकाज ठप्प छ । स्थानीय व्यापारी राजेन्द्र बडुले भने, “ विद्युत् आपूर्ति बन्द हुँदा पत्रपत्रिका दुई दिनदेखि छापिएको छैन ।
मेसिन चलाउने बत्ती नहुँदा फ्ल्याक्स प्रिन्ट, अपसेट, फोटोकपी मेसिन, फोटो स्टुडियोको काम समेत प्रभावित भएको छ ।”
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआइतबारदेखि मौसममा क्रमिक सुधार हुने
चैत १६, २०८० शुक्रबार
कस्तो छ आजको मौसम ?
चैत १५, २०८० बिहिबार
महिला ‘गाइड’लाई ‘रेस्क्यू’ सम्बन्धी तालिम
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार