यस बर्षको च्याम्पियन्स लिगको उपाधि लिभरपुललाई
इन्द्र रिजाल
जेठ १९, २०७६ आइतबार २०:२१:२२
एजेन्सी । युरोपेली फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको यस वर्षको उपाधि इङ्लिस क्लब लिभरपुलले जितेको छ ।
स्पेनको म्याड्रिडमा शनिबार राति भएको फाइनल प्रतिस्पर्धामा लिभरपुलले टोटेनह्यामलाई २ – ० गोल अन्तरले पराजित गरेको थियो ।
पहिलो गोल २ मिनेटभित्रै गरेको लिभरपुल र टोटेनह्यामबीच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो । पहिलो गोल लिभरपुलका प्रतिभाशाली खेलाडी एवं प्लेमेकर मोहम्मद सालेहले पेनाल्टी मार्फत गरेका थिए ।
डिबक्सभित्र साडिओ मानेको क्रस पासमा टोटेनह्यामका डिफेन्डर सिसोकोको हातमा बलले छोएका कारण लिभरपुलले पेनाल्टीको अवसर पाएको थियो ।
इङलिस प्रिमियर लिगमा दोस्रो र तेस्रो स्थानमा रहेका यी दुबै टिमले खेल अवधिमा गोल गर्ने केही अवसर पाएका थिए तर गोल हुन सकेको थिएन । दुबै तर्फका गोलरक्षकले सुन्दर प्रदर्शन गरेका कारण प्रतियोगितामा धेरै गोल हुन पाएन ।
तर लिभरपुलका लागि स्थानापन्न खेलाडी डिभोक ओरिगीले ८७औं मिनेटमा गोल गरी लिभरपुलको जित सुनिश्चित गरेका थिए । लिभरपुलले यो सहित छ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपरोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
महेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
रातो कार्ड पाएका रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध
बैशाख ४, २०८१ मंगलबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
ट्याक्टर दुर्घटनाबाट सशस्त्र प्रहरीले बचाए चालकको ज्यान
बैशाख ११, २०८१ मंगलबार
रुससँग लड्न युक्रेनले अब उमेर पुगेका नागरिकलाई स्वदेश फिर्ता बोलाउने
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
बैशाख ११, २०८१ मंगलबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
कर्णालीका मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिने
बैशाख ११, २०८१ मंगलबार
दैलेखमा एउटै बँदेलको टोकाइबाट सात जना घाइते
बैशाख ११, २०८१ मंगलबार