आगलागीबाट सात लाखको क्षति
इन्द्र रिजाल
जेठ १९, २०७६ सोमबार ४:२३:४९
झापा । झापाको अर्जुनधारा–८ स्थित गोपीबहादुर कामीको घरमा आज बेलुका ८ः३० बजे आगलागी भएको छ ।आगलागीबाट एकतले जस्ताले छाएको घर जलेर पूर्णरुपमा नष्ट भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिए ।
उनका अनुसार खाना पकाउने क्रममा ग्यास लिक भई एक्कासि आगलागी भएको हो । आगलागीबाट रु ५० हजार, २५ मन धान, लत्ताकपडालगायत घर जलेर नष्ट भएको छ ।
“एक्कासि घटना भएपछि स्थानीयवासीले आगलागी नियन्त्रणको प्रयास गरे पनि त्यो सफल हुन सकेन”, प्रमुख थापाले भने, “बिर्तामोड नगरपालिको दमकलले आगो नियन्त्रणमा लिए पनि घर पूर्णरुपमा नष्ट भएको छ ।” हाल आगलागी पीडित गोपीबहादुरको छ जनाको परिवारलाई बिर्तामोड नगरपालिकाको आश्रयमा राखिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआइतबारदेखि मौसममा क्रमिक सुधार हुने
चैत १६, २०८० शुक्रबार
कस्तो छ आजको मौसम ?
चैत १५, २०८० बिहिबार
महिला ‘गाइड’लाई ‘रेस्क्यू’ सम्बन्धी तालिम
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
निजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार
पर्यटक नभएपछि अध्यागमन कार्यालय तीन वर्षदेखि सुनसान
चैत १६, २०८० शुक्रबार
सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चैत १६, २०८० शुक्रबार
पोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य संघको जिल्ला यात्रा
चैत १६, २०८० शुक्रबार
सुनको मूल्यमा नयाँ रेकर्ड, १ लाख ३० हजारमा कारोबार
चैत १६, २०८० शुक्रबार
अग्नी रेखा निर्माण गर्दै उपभोक्ता
चैत १६, २०८० शुक्रबार