आईसीसी विश्वकप क्रिकेट : बंगलादेशसंग दक्षिण अफ्रीका स्तब्ध
इन्द्र रिजाल
जेठ २०, २०७६ सोमबार १२:५०:३८
एजेन्सी । बंगलादेशले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा बलियो टिम दक्षिण अफ्रीकालाई २१ रनले पराजित गर्दै बंगलादेशले सुखद सुरुवात गरेको हो ।
लण्डनको केनिङटन ओभलमा बंगलादेशले दिएको ३३१ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ५० ओभरमा ८ विकेट गुमाएर ३०९ रन मात्र बनाउन सक्यो ।
दक्षिण अफ्रीकाका लागि कप्तान फाप डु प्लेसिसले ६२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् ।यस्तै जेपी डुमिनी र एडिन मक्रामले समान ४५र४५ रन जोड्दा भान डेर डुसेनले ४१ रन बनाए । डेभिड मिल्नरले ३८ रन बनाउदा क्विनटन डी ककले २३ रन बनाए ।
बंगलादेशका मुस्ताफिजुर रहमानले ३ तथा मोहमद साईफुदीनले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३३० रन बनाएको थियो ।
बंगलादेशका लागि मुस्फिकर रहमान र शाकिब अल हसनले अर्धशतकीय इनिङ्स खेले । रहमानले ७८ रन जोड्दा हसनले ७५ रन जोडे ।
यस्तै महमदउल्लाहले अविजित ४६ र सौम्य सरकारले ४२ रन जोडे । मोसाडेक होसेनले २६ रन जोड्दा मोहमद मिथुनले २१ रन बनाए । दक्षिण अफ्रीकाका लागि इमरान ताहिर, एडिले लक्की र क्रिस मोरिसले २र२ विकेट लिए ।
जितसंगै बंगलादेशले पहिलो खेलमै २ अंक जोडेर शानदार सुरुवात गरेको छ । दक्षिण अफ्रीकाले भने हारबाट विश्वकपको थालनी गरेको छ ।
विश्वकपमा यसअघि आयोजक इंग्ल्याण्ड, अष्ट्रेलिया, न्युजिल्याण्ड र वेष्ट इण्डिजले विजयी सुरुवात गरिसकेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
आइपिएलमा आधा खेल सकिए, कस्तो भयो अंकतालिका ?
बैशाख ११, २०८१ मंगलबार
आईपीएलमा आज दुई खेल हुँदै
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता
बैशाख १२, २०८१ बुधबार
महाकाल नृत्य प्रस्तुत गरिँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेको भुम्लुमा सुमो दुर्घटना हुँदा १० जना घाइते
बैशाख १२, २०८१ बुधबार
बाइसधारा उद्यानमा ढकमक्क फुलेको बेगमबेली फूल
बैशाख १२, २०८१ बुधबार
लुम्बिनी विकास कोषले देखायो हदैसम्मको लापरवाही, अहिलेसम्म फेरिएन च्यातिएको झण्डा
बैशाख १२, २०८१ बुधबार
ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
बैशाख १२, २०८१ बुधबार