जयशंकरको भूतले सातो लियो ओली वृत्तको
इन्द्र रिजाल
जेठ २०, २०७६ मंगलबार १:१७:१९
काठमाडौं । यसपालीको गणतन्त्र दिवस अर्थात जेठ १५ ले ने क पा भित्र सानो तिनो सुनामी लिएर आयो । गणतन्त्र दिवसको प्रभातकालिन कार्यक्रम सकेर प्रफुल्ल मुद्रामा नयाँ दिल्ली उड्न लागेकै बेला प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको दाँतमा ढुंगो लाग्यो । कारण थियो – कमरेड प्रचण्डले एउटा टेलिभिजन अन्तर्वार्तामा ओली सरकारको म्याद तोकिरहेका थिए । मन कुंढिएपनि उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको शपथग्रहण कार्यक्रममा भाग लिन उडे । तर दिमाग चाहिं काठमाडौं मै थियो ।
जयशंकरको दौडधूप त्यसै खेर गयो । मधेसी मोर्चा आन्दोलनमै रह्यो । जयशंकर भारत फर्के लगत्तै नेपालमा अघोषित नाकाबन्दी लाग्यो । यो प्रकरणमा ओलीलाई हिरो बनाइयो । उनकै अडानले संविधान जारी भएको स्याल हुँइयाँ पिटियो । जबकी नेपाली कांग्रेस नेतृत्वको सरकारले नचाहेको भए कुनैपनि हालतमा संविधान जारी हुन सक्ने थिएन ।
भारत सरकारले उच्च महत्व दिएर शपथग्रहण कार्यक्रममा बोलाएको भन्दै दंग भएका ओलीलाई प्रचण्डको हुँकारले ठूलो चोट पु¥यायो । कारण थियो– दुईतिहाई समर्थन प्राप्त प्रधानमन्त्री भनिएका ओलीको राजनीतिक हैसियत केवल म्यादी प्रधानमन्त्री हो भन्ने कूटनीतिक सन्देश प्रचण्ड दिंदै थिए । भारी मन लिएर भोलिपल्ट काठमाडौं ओर्लिएका ओलीको बोली शिथिल भईसकेको थियो । पार्टी भित्रको किचलो प्रचण्डसँग कुरा गरेपछि मिलीहाल्ने उनको विश्वास थियो । एकाएक मिडियमा खबर आयो भारतमा त एस. जयशंकर विदेश मन्त्री बने भन्ने । अब अर्काे भूँइचालो गयो ओली खेमा भित्र । जयशंकरको आगमनले ओली सरकारलाई असहयोग गर्छ । प्रचण्ड लगायत विरोधी खेमाले ओलीविरुद्ध खेल्ने मौका पाउँछन् भन्ने बुझाई ओली गुटमा फैलिएको छ ।
किन त यस्तो रुवावासी ? यसको कारण खोज्न चार वर्षअघिको घटनाको फल्यास ब्याकमा पुग्नुपर्छ । दोस्रो संविधानसभाले संविधान जारी गर्ने अन्तिम कसरत गरिरहेको थियो । नेपाली कांग्रेसको नेतृत्वमा सुशील कोइराला सरकारले संविधान जारी गर्ने अन्तिम तयारी गरिरहेको थियो । एमाले , माओवादी लगायतका शक्ति त्यही प्रयत्नमा जुटेका थिए । तर मधेसी मोर्चा भने संविधानले मधेसको माग नसमेटेको भन्दै आन्दोलनमा थियो । मधेसी मोर्चाको माग संवोधन गराउन मोदी नेतृत्वको तत्कालिन सरकारले नेपाल सरकारमाथि दवाव बढाई रहेको अवस्था थियो ।
कुरा २०७२ असोज १ गतेको हो । भारतीय प्रधानमन्त्रीको विशेष दूतका रुपमा तत्कालिन विदेश सचिव एस. जयशंकर नेपाल आए । उनी सोझै एयरपोर्टबाट झोलासमेत नबिसाई हान्निए बालकोटस्थित केपी ओली निवास । ओली पनि तयारीका साथ थिए । आफ्ना आउरेबाउरेका साथ बसेका ओली र जयशंकरबीच जुहारी नै चल्यो । सुशील कोइराला सरकारमा सहभागी रहेको एमाले अध्यक्ष ओलीले मधेसी मोर्चाको माग संवोधन गर्नका लागि संविधान निर्माण प्रक्रिया नरोक्ने भनाई राखे । स्थिति तनावपूर्ण बन्यो । जयशंकरको चाहना नमानेको बुझाई सबैको रह्यो ।
त्यसपछि जयशंकर पुगे विपक्षी दलका नेता प्रचण्डलाई भेट्न । प्रचण्डले केही लचिलो हुने संकेत दिएपनि एक्लै गर्न नसक्ने भनाई राखे । लगत्तै जयशंकर प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न पुगे । सुशीलले पनि यसबारे सकारात्मक हुने र मधेसी मोर्चालाई वार्ता गर्न बोलाउने आश्वासन दिए । साथै वार्ताका लागि दुई दिनको समय दिइयो । तर मधेसी मोर्चाले वार्तामा बस्न रुचि देखाएन । फलत २०७२ असोज ३ मा संविधानसभाले नेपालको संविधान जारी ग¥यो ।
जयशंकरको दौडधूप त्यसै खेर गयो । मधेसी मोर्चा आन्दोलनमै रह्यो । जयशंकर भारत फर्के लगत्तै नेपालमा अघोषित नाकाबन्दी लाग्यो । यो प्रकरणमा ओलीलाई हिरो बनाइयो । उनकै अडानले संविधान जारी भएको स्याल हुँइयाँ पिटियो । जबकी नेपाली कांग्रेस नेतृत्वको सरकारले नचाहेको भए कुनैपनि हालतमा संविधान जारी हुन सक्ने थिएन ।
संविधान जारी भएपछि एमाले अध्यक्षलाई महान राष्ट्रवादी नेताको पगरी पहि¥याइयो । नेपाली कांग्रेसले आफ्नो भूमिकाको कुनै चर्चा गर्न आवश्यक ठानेन । परिणाम त गएको चुनावमा जनताले ओलीको छद्म राष्ट्रवादलाई पत्याइदियो । त्यसैको बलमा उनी शक्तिशाली भनिने गरेको प्रधानमन्त्री पदमा आसिन छन् । तर यस्ता शक्तिशाली र राष्ट्रवादी नेताको सातो गएको छ भारतमा जयशंकरको आगमनले ।
चार वर्षअघि भएको विवादले अहिले पदै धरापमा पर्ने त होइन भन्ने धारणा ओली वृत्तमा झांग्गिएको छ । आफूलाई राष्ट्रवादी नेता र पार्टी भनाउन मन पराउने तत्कालिन एमालेहरुको ओठतालु किन सुकेको बुझ््न सकिएको छैन । जबकी एस. जयशंकर केवल व्यक्ति हुन् । उनी भारतीय विदेश मन्त्रालयका तत्कालिन सचिव मात्र थिए । उनको व्यक्तिगत चाहना वा सोचले नेपाल आएका पनि होइनन् । त्यसबेलाको भारतीय सरकारको नीति जे थियो त्यसैलाई कार्यान्वयन गर्न उनी आएका थिए ।
जयशंकरलाई राम्रो थाहा छ – ओलीले मात्र चाहेर संविधान जारी हुने वा नहुने होइन । त्यस्तो बुझाइ थियो भने उनी ओलीसँग भेटेर सिधै भारत फिर्ने थिए । त्यसो नगरी उनले विपक्षी दलका नेता प्रचण्ड र प्रधानमन्त्री कोइरालासँग पनि आफ्ना कुरा राखेका थिए । तर सबै पार्टीका नेताहरुको एकै धारणा बनेकाले मात्र असोज ३ मा संविधान जारी भएको थियो ।
प्रधानमन्त्री ओली र उनी निकटस्थ भने जयशंकरको हौवा देखाएर विषयलाई अन्तै मोड्ने प्रयास गरिरहेका छन् । जबकी ओली सरकारले जनजीविकाका सवालमा सिन्को भाँचेको छैन । दुईतिहाईको डण्डा देखाएर तर्साउने तर काम भने केही नगर्ने प्रवृत्तिलाई आम जनताले राम्रोसँग बुझेका छन् । अब ओली सरकारको दिनगन्ती सुरु भएको सन्देश प्रवाहित हुन थालेपछि त्रसित बनेका हुन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार