Advertisement

 

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। निगमले बुधवार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ समायोजन गरेको उपनिर्देशक विनितमणी उपाध्यायले जानकारी दिए।

नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर ११० रुपैयाँ कायम भएको छ। यसअघि निगमले सरकारले बजेटमा सडक मर्मतका लागि पेट्रोलियम पदार्थमा प्रतिलिटिर थप १ रुपैयाँ लिने घोषणा गरेपछि निगमले रातारात मूल्य वृद्धि गरेको थियो। निगमले डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य भने यथावत राखेका छ।

Advertisement

Advertisement