इदकै दिन इजिप्टमा आठ प्रहरी मारिए
इन्द्र रिजाल
जेठ २२, २०७६ बिहिबार ४:५६:३
एजेन्सी । देशभरी इद उल फितर पर्व मनाइरहेका बेला बुधबार लडाकूहरूको आक्रमणमा परी इजिप्टमा आठ प्रहरी मारिएका छन् ।
सिनाई प्रान्तमा रहेको प्रहरी कार्यालयमा भएको आक्रमणमा परी उनीहरू मारिएको अधिकारीहरूले जानकारी दिएका छन् ।
घटना भएको उत्तरपूर्वी क्षेत्रमा लामो समयदेखि विभिन्न लडाकू समूहले आक्रमण गर्दै आएका छन् । आक्रमणकारीमध्ये केही समूह इस्लामिक स्टेट ‘आईएस’ लडाकूसँग आवद्ध रहेको पनि बताइएको छ ।
“आज बिहानै आतङ्कवादी तत्वहरूले प्रहरी कार्यालयलाई लक्षित गरेर आक्रमण गरेका हुन्,” गृह मन्त्रालयका एक अधिकारीले भने ।
आक्रमणकारीहरूले गोली प्रहार शुरु गरेपछि भएको दोहोरो गोली हानाहानका क्रममा आक्रमणकारी तर्फका पाँच जना र प्रहरी तर्फका आठ जना मारिएको मन्त्रालयले जनाएको छ ।
घटनास्थलबाट केही लडाकूहरू भागेको र सुरक्षाकर्मीहरूले उनीहरूको खोजी गरिरहेको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
घटनामा परी घाइते भएका सुरक्षाकर्मीतर्फका तीन जनालाई भने उपचारका लागि अस्पताल लगिएको छ । चिकित्सकहरूले मृत्युहुनेको सङ्ख्या बढ्न सक्ने बताएका छन् ।
सिनाई प्रान्तको प्रान्तीय राजधनी एल अरिश नजिकै रहेको प्रहरी कार्यालयमा भिडन्त भएको अधिकारीहरूले जनाएका छन् । अहिले भने आक्रमण भएको सो कार्यालय सेना र प्रहरीको ठूलो टोलीले घेरेर राखेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपचीनका झण्डै आधा प्रमुख शहरहरूमा भासिने समस्या
बैशाख १२, २०८१ बुधबार
संयुक्त राष्ट्र प्रमुखद्वारा सन् २०२५ सम्म जलवायु कार्यका लागि विश्वव्यापी नेता परिचालन
बैशाख १२, २०८१ बुधबार
मसलामा प्रतिबन्ध लगाएको विषयमा भारतले सिंगापुर र हङकङसँग माग्यो जवाफ
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच लगानी अध्ययन संयन्त्र बनाइने
बैशाख १२, २०८१ बुधबार
स्वदेश फर्किए कतारका राजा [ फोटोफिचर ]
बैशाख १२, २०८१ बुधबार
धनकुटाको पहिचान तथा कोसेली नरिवल बिस्कुट
बैशाख १२, २०८१ बुधबार
बाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार
उच्चले रोक्यो पर्यटन बोर्डको सीईओ नियुक्ति प्रक्रिया
बैशाख १२, २०८१ बुधबार