Advertisement

काठमाडौं । देशका अधिकांश क्षेत्रको मौसम बिहीबार पनि आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्व, मध्य र पश्चिमका अधिकांश क्षेत्रको मौसम बदली हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । केहीबेर मौसम खुलेको जस्तो भए पनि बदली हुने बताइएको छ ।

पूर्व र मध्यका केही तथा पश्चिमको पहाडी क्षेत्रका थोरै ठाउँमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

Advertisement

यस्तै अपराहन्न वा साँझ तिर हावाहुरी चल्ने सम्भावना पनि रहेको छ । प्रि मनसुनको समय रहेको र बंगालको खाडीबाट जल वाष्पयुक्त वायु सतही रुपमा आएकाले केही दिनदेखि मौसम बदली भएको हो ।

Advertisement