fbpx

बजेटमाथिको सैद्धान्तिक छलफल सकिँदै, अर्थमन्त्रीले आजै जवाफ दिने



नेपालबहस संवाददाता
 




काठमाडौं । बजेटमाथिको सैद्धान्तिक छलफल बिहीबार ‘आज’ सकिँदैछ । आइतबारदेखि सुरु भएको छलफलमा बिहीबार केही सांसदहरुले धारणा राखेपछि अर्थमन्त्री युवराज खतिवडाले जवाफ दिने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।

बैठक अहिले ‘बिहान ११ बजे’  बस्दै छ ।  जेठ १५ गते अर्थमन्त्री युवराव खतिवडाले आगामी आर्थिक वर्ष २०७६/७७ का संघीय संसदमा १५ खर्ब ३२ अर्ब ९६ करोडको बजेट प्रस्तुत गरेका थिए ।

मंगलबारसम्म बजेटको सैद्धान्तिक पक्षमाथि एकसय भन्दा बढी सांसदहरुले बोलेका छन् । धारणा राख्ने क्रममा सत्ता पक्षका सांसदले बजेटको अन्धो समर्थन गरेका छन् भने विपक्षी सांसदहरुले खरो आलोचना गरेका छन् । बजेटमाथिको मन्त्रालयगत छलफल शुक्रबारदेखि गर्ने तयारी गरिएको छ ।


सम्बन्धित समाचार