Advertisement

काठमाडौं । पूर्वप्रधानमन्त्री एवंम नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सुरक्षा अधिकृत फेरिएका छन् ।

प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक ‘डीएसपी’ नरेशराज सुवेदीलाई दाहालको पीएसओको रुपमा खटाएको हो ।

दाहालको सुरक्षामा डीएसपीको नेतृत्वमा नेपाल प्रहरीका २९ र डीएसपीकै नेतृत्वमा सशस्त्र प्रहरीका ३० जना गरी ५९ जना खटिने गरेका छन् । उनीमाथि रहेको सुरक्षा थ्रेटलाई विश्लेषण गरेर गृहमन्त्रालयले यो सुविधा दिएको हो ।

Advertisement

यसअघि दाहालको सुरक्षामा खटिएका डीएसपी सन्तोष राठौर महानगरीय प्रहरी वृत्त, लैनचौरमा सरुवा गरिएका थिए ।

Advertisement