Advertisement

काठमाडौं । ‘मेरो रगत कसैको जीवन’ भन्ने नारासहित नेपाली कांग्रेसले बिहीबार काठमाडौंमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रिय जागरण अभियानअन्तर्गत् काठमाडौंका अस्पतालमा रगतको अभाव हुन नदिने उद्देश्यले रक्तदान गरिएको हो ।

जागरण अभियानअन्तर्गत् कांग्रेसले प्रत्येक महिना रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बजारमा रगतको अभाव बढ्दै गएका कारण सबै मिलेर रगतको अभाव हुन नदिन रक्तदान आयोजना गरिएको बताए । कार्यक्रममा कांग्रेसका नेता, भ्रातृ तथा शुभेच्छुक संघ–संस्थाका प्रतिनिधि र सर्वसाधारणले रक्तदान गरेका छन् ।

Advertisement