hawahuri
Advertisement

काठमाडौं । काठमाडौंमा आज बिहान ५ बजेदेखि नै बेजोडसँग हावाहुरी चलिरहेको छ । यो समाचार तयार पार्दासम्म हावाहुरी चल्ने क्रम राेकिएकाे छैन । हल्का वर्षा भई रहेको छ । अहिले काठमाडौंकाे आकाशमा कालो बादल मडारिएको छ भने मेघ गर्जन भइरहेको छ ।

अहिलेसम्म आँधीका कारण रुख ढलेर बाटो अबरुद्ध भएको वा कुनै पनि क्षती भएको जानकारी नआएको प्रहरीले नेपाल बहस डटकमलाई जानकारी दिएको छ । बिहीबार साँझ कैलाली र कञ्चनपुरमा भिषण हावाहुरी चल्दा अहिलेसम्म प्राप्त जानकारी अनुसार दुइ जनाकाे मृत्यु हुनुका साथै ६० जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेकाे संख्या बढ्दै गएकाे छ । हावाहुरीले कैलाली र कञ्चनपुरमा कराेडाैं रूपैयाँ बराबर धनजनको क्षति पुर्‍याएको छ भने ठाउँठाउँमा रुखहरु ढल्दा सडक अवरुद्ध भएको छ । सुरक्षाकर्मीहरु उद्धारमा जुटेका छन् । बेलुका ८ बजेदेखि सुरू भएकाे हुरीकाे वितणडा एक घणटासम्म चलेकाे थियाे

र याे पनि…. शुक्रबार बिहानै काठमाडौंमा हावाहुरीसहित वर्षा (फोटोफिचर)

हावाहुरीका कारण काठमाडौं, भक्तपुर, ललितपुर लगायत आसपासका गाउँवस्तीको जनजीवन प्रभावित भएको छ । अहिलेसम्म मानविय क्षती भएको जानकारी आएको छैन भने केही ठाउँमा घरका छाना उडाएको जानकारी आएको छ । तर प्रहरीले भने त्यस कुराको पुष्टि गरेको छैन ।

Advertisement

मौसम विज्ञान पूर्वानुमान महाशाखाका बरुण पौडेलले बताए अनुसार हावाहुरी भारत तथा नेपालको पश्चिम भागबाट सुरु भएर विहान ४ बजे नै काठमाडौं र आसपासका क्षेत्रमा आएको बताए । अहिले नेपालको मध्ये भुभागमा चलिरहेको हावाहुरी अझै २ घण्टासम्म चलिरहने तर खासै ठूलो क्षती हुने स्थिती नदेखिएको तर मानिसहरूले शतर्कता अपनाउँदा राम्राे हुने बताए  । उनले मनसुन सुरु भै नसकेको तर आज दिन भरी नै हल्का वर्षा हुने संम्भावना रहेकाे बताए । अहिले काठमाडाैं र  आसपासका क्षाेत्रमा हल्का पानी परिरहेकाे छ । हावाहुरीको प्रभाव विस्तरै घट्दो क्रममा नेपालको पूर्वी भागमा सर्दै जाने उनले जानकारी दिए ।

Advertisement