fbpx

शुक्रबार बिहानै काठमाडौंमा हावाहुरीसहित वर्षा (फोटोफिचर)



नेपालबहस संवाददाता
 



hawa-huri

काठमाडौं । प्राय:जसो दिनदिनै अस्वभाविक रुपमा बदल्ली रहने काठमाडौं लगायत देशभरको मौसममा शुक्रबार पनि अदली–बदली जारी रहने देखिएकाे छ । बिहान सवेरै ठुलो हावाहुरी चलेपश्चात मेघगर्जनसहित पानी परेकाे छ । अहिले भने काठमाडाैंलगायत आसपासका क्षेत्रहरू घमाइलाे  (घाम लागिरहेकाे) देखिएकाे छ ।

हिजो बेलुका कैलाली कञ्चनपुरसहित पश्चिम तराईका जिल्लामा तहसनहस बनाएको हुरी विस्तारै देशको मध्यभाग हुँदै पूर्वीभागमा सर्ने क्रम जारी छ । पश्चिमी वायु, स्थानीय वायु र निम्नचापीय वायुका कारण हुरीवतास आएको मौसमवीद्ले बताएका छन् । आज बिहानको भीषण हावाहुरीका समयमा काठमाडौंका केही स्थानको फोटोहरु हामीले खिचेका छौं ।

 

काठमाडौंमा हावाहुरी चल्याे, क्षतीकाे विवरण आउँदै


सम्बन्धित समाचार